बिहीबार , साउन २१ गते २०८३

थाइल्यान्डमा गुडिरहेको यात्रुबाहक रेलमाथि क्रेन खस्दा २२ जनाको मृत्यु

थाइल्यान्डमा गुडिरहेको यात्रुबाहक रेलमाथि क्रेन खस्दा २२ जनाको मृत्यु

अखबार दैनिक
बुधबार, पुस ३० २०८२
  • थाइल्यान्डमा गुडिरहेको यात्रुबाहक रेलमाथि क्रेन खस्दा २२ जनाको मृत्यु

    थाइल्यान्डको नाखोन रत्चसिमा प्रान्तमा गुडिरहेको यात्रुबाहक रेलमाथि निर्माण कार्यमा प्रयोग भइरहेको क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ। घटनामा ७९ जना घाइते भएका छन् भने उनीहरूमध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

    १९५ सिट क्षमताको उक्त रेलमा दुर्घटनाका बेला कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन। स्थानीय समयअनुसार बिहान करिब ९ बजे एक्सप्रेस रेल लाइनमा निर्माण कार्य भइरहेका बेला क्रेन रेलमाथि खसेको प्रहरी अधिकारीले बताएका छन्।

    उद्धारकर्मीहरूले अहिलेसम्म १२ जनाको शव फेला पारेका छन्। दुर्घटनापछि एउटा कारमा आगलागी भएको र त्यसमा सवार सात जनाको मृत्यु भएको आशंका गरिएको छ। बाँकी यात्रुहरूको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ। दुर्घटनापछि रेल सेवा प्रभावित भएको छ भने घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार