बिहीबार , साउन २१ गते २०८३

थाइल्यान्डमा सैन्य विमान दुर्घटना, दुई पाइलटको मृत्यु

थाइल्यान्डमा सैन्य विमान दुर्घटना, दुई पाइलटको मृत्यु

अखबार दैनिक
बिहीबार , माघ १५ २०८२
  • थाइल्यान्डमा सैन्य विमान दुर्घटना, दुई पाइलटको मृत्यु

    उत्तरी थाइल्यान्डको चियाङ माई प्रान्तमा सैन्य प्रशिक्षण अभियानको क्रममा बिहीबार विमान दुर्घटना हुँदा दुई जना पाइलटको मृत्यु भएको रोयल थाई एयर फोर्स (आरटीएएफ) ले जनाएको छ ।विङ –४१ लाई तोकिएको एटी–६ टीएच विमान चियाङ माई अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ६० किलोमिटर दक्षिणपश्चिममा रहेको चोम थोङ जिल्लामा स्थानीय समय अनुसार विहान १०ः२० मा दुर्घटनामा परेको आरटीएएफका प्रवक्ता चकरित थम्माभिचाईले बताएका छन् ।

    दुर्घटनाको समयमा पाइलटहरूले लडाइँ खोजी र उद्धार प्रशिक्षण अभ्यास गरिरहेको पुष्टि गर्दै दुर्घटनास्थलको वरपर कुनै नागरिक घाइते वा सम्पत्ति क्षति भएको रिपोर्ट नगरिएको चकरितले विज्ञप्ति जारी गर्दै जनाउनु भएको छ ।

    अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउन उड्डयन सुरक्षा मापदण्डहरूको पूर्ण र कडा पालनाका साथ अनुसन्धान गर्ने समेत प्रवक्ताले बताएका छन् । वायुसेनाले पाइलटको परिवारप्रति समवेदना व्यक्त गर्दै पूर्ण सहयोग गर्ने बताएको छ । न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार