बिहीबार , साउन २१ गते २०८३

सपनाको चिहान : कविता

सपनाको चिहान : कविता

अखबार दैनिक
सोमबार, असोज १९ २०७७
  • सपनाको चिहान : कविता

    सपनाको चिहान - विश्वनाथ अधिकारी  

    रातभर छटपटाउँछु म अचेल

    घरी यता त घरी उता फर्किन्छु

    म आफैंसँग रिसाउँछु अचेल

    अनि आफैंसँग झस्कन्छु

    सोध्छु प्रश्न आफैंलाई अनि

    जवाफ आफैं खोज्न निस्कन्छु

    थाहा छैन आफैंलाई अचेल

    कहिले रिसाउँछु कहिले झस्कन्छु ।।

     

    सपना, चहाना, बहाना, जेसुकै भन

    मैले पनि देखेको थिए

    मनभित्र दवाए सँधै

    ओठसम्म आउन रोकेको थिएं

    कुल्चदै गए आफ्नै सपना

    एक एक गर्दै मार्दै गएं

    थाहै पाउन सकिन मैले

    दुनियाँ जिति कसरी हार्दै गए ।।

     

    भनिसाध्य छैन यहाँ

    कति पीडा छ यो जीवन भित्र

    हजारौं सपना दफनाएको छु मैले

    कसैलाई नसुनाई यो मनभित्र

    ती दफनाएको सपनाहरुले चिच्याउँदै भन्छन् हरेक रात

    किन देखाईस आशा, किन देखिस सपना

    दुनियाँ जित्न हिँड्या थिस त तँ

    देखिस् को पराई, को आफ्ना

    म निशब्द हुन्छु, देखेर स्वार्थि संसार

    स्वार्थी सम्बन्धरु, स्वार्थी आफन्तहरू

    म अघाईसकें घात देखेर

    चोट मात्र मिल्छ नया सम्बन्ध गाँसेर ।।

     

    त्यही सपनाको चिहानभित्र दफनाएको छु मैले

    तिम्रो झुटो प्रेम, अनि देखावटी साथ पनि

    तिमिलाई सम्झनु नै छैन मलाई

    जाउ माफ गर्दें, तिम्रो घातलाई पनि

    मैले मेरो रहर, ईच्छा, आकांक्षा रहर सबै

    दफनाई सकेको छु सपनाको चिहान भित्र

    मनमा चोट, ओठमा मुस्कान छु म बिचित्र ।।

     

    धेरै सपनाहरु कंकाल भैसके

    त्यही कंकालको बिजाउँछ अचेल

    अरुको त के आट पुग्नु र खै

    बरु त्यही सपनाले गिज्याउँछन् अचेल

    म थाकेको मात्र हुँ, हारेको छैन

    अझै सपनाको कुरा गर्नै छ

    अझै देख्छु ठुला सपना म

    अनि हरेक सपना ब्युँताउने छु ।।

     

    नडराउ देख्न सपना तिमी

    सपनालेनै तिमिलाई लड्न सिकाउँछ

    गर आँट, दुनिजित्न सिकाउँछ

    चहानाले जिति बड्न सिकाउँछ

    यो दुनिया पागलहरुकै हो मित्र

    सद्दे भनौंदाहरु जिन्दगी डरमा बिताउँछन्

    आफू सिन्को भाँच्न जान्दैनन्

    अरुकै भरमा बिताउँछन्

    मुस्कुराएर त हेर तिमी

    चोट दिने नि चकित परोस्

    यसरी बाधा अड्चनको सामना गर

    षड्यन्त्र गर्ने नि थकित परोस् ।।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार