बिहीबार , साउन २१ गते २०८३

धादिङ बस दुर्घटनाः युएईद्वारा दुःख व्यक्त

धादिङ बस दुर्घटनाः युएईद्वारा दुःख व्यक्त

अखबार दैनिक
मंगलबार, फागुन १२ २०८२
  • धादिङ बस दुर्घटनाः युएईद्वारा दुःख व्यक्त

    काठमाडौँ । संयुक्त अरब इमिरेट्स-युएईणले धादिङमा सोमबार भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको यहाँस्थित युएईको राजदूतावासले जनाएको छ । युएईको परराष्ट्र मन्त्रालयले आज एक वक्तव्य जारी गरेर नेपाल सरकार र नेपाली जनताप्रति सहानुभूति प्रकट गरेको हो ।

    संयुक्त अरब इमिरेट्सको परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा, पीडित परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै, नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता व्यक्त गरिएको छ । साथै, घाइते सबैको शीघ्र भएका स्वास्थ्यलाभको कामना गरिएको छ ।उक्त दुर्घटनामा २० जनाले ज्यान गुमाएका छन् भने अन्य २४ जना घाइते भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार