बिहीबार , साउन २१ गते २०८३

इरानले मध्य–पूर्वमा पुन: सुरु गर्‍यो आक्रमण

इरानले मध्य–पूर्वमा पुन: सुरु गर्‍यो आक्रमण

अखबार दैनिक
आइतबार, फागुन १७ २०८२
  • इरानले मध्य–पूर्वमा पुन: सुरु गर्‍यो आक्रमण

    इरानले आइतबार बिहान मध्यपूर्वमा नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ । विभिन्न देशका राजधानी र प्रमुख सहरमा विस्फोटको आवाज सुनिएको सीएनएनका टोलीहरूले जनाएका छन् । इरानको अर्धसरकारी समाचार एजेन्सी तास्मिन न्यूज एजेन्सीका अनुसार, इरानको इस्लामिक रिभोलुशनरी गार्ड कप्र्सले (आईआरजीसी)ले इजरायल र मध्य पूर्वक्षेत्रका अमेरिकी अड्डामा छैटौँ चरणको मिसाइल र ड्रोन आक्रमण सञ्चालन गरेको छ ।

    इरानबाट प्रहार भएका मिसाइलहरू पहिचान गरेको र रक्षात्मक प्रणाली सञ्चालनमा रहेको इजरायली सेनाले जनाएको छ । मध्य र दक्षिण इजरायलमा लगातार साइरन बजेका थिए । दुबईमा पनि बिहानभरि धेरै विस्फोटको आवाज सुनेको र आकाशमा धुवाँ देखेको बताइएको छ । दुबईको व्यावसायिक बन्दरगाह जेबेल अली पोर्टमा ड्रोन अवरोधका भग्नावशेषले आगो लागेको छ ।

    कतारको दोहामा स्थानीय समय अनुसार बिहान ७ः३० बजे केही ठुलो विस्फोट सुनिएको थियो । कतारको गृह मन्त्रालयका अनुसार १६ जना घाइते भएका छन् र केही क्षेत्रहरूमा सामग्री क्षति सीमित भएको छ । बहराइनमा पनि मनामा स्थित क्राउन प्लाजा होटल नजिक धुवाँ उठेको भिडियोको सीएनएनले पुष्टि गरेको छ । बहराइनको गृह मन्त्रालयले साइरन बजाएको र बासिन्दालाई शान्त रहन र नजिकको सुरक्षित स्थानमा जान चेतावनी दिएको छ ।

    इराकको एर्बिल विमानस्थलबाट कालो धुवाँ उठेको तस्बिरहरू बाहिरिएका थिए । इराकको फार्स न्यूज एजेन्सीका अनुसार आइतबार बिहान शहरमा भारी विस्फोट सुनिएको छ । यी घटनाले क्षेत्रीय तनाव अझ बढाएको र आगामी दिनमा सुरक्षा र राजनीतिक अवस्था जटिल बन्ने संकेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार