बिहीबार , साउन २१ गते २०८३

इरानलाई ‘पहिले कहिल्यै नदेखेको’ शक्तिले सिध्याइदिने ट्रम्पको नयाँ चेतावनी

इरानलाई ‘पहिले कहिल्यै नदेखेको’ शक्तिले सिध्याइदिने ट्रम्पको नयाँ चेतावनी

अखबार दैनिक
आइतबार, फागुन १७ २०८२
  • इरानलाई ‘पहिले कहिल्यै नदेखेको’ शक्तिले सिध्याइदिने ट्रम्पको नयाँ चेतावनी

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई नयाँ गम्भीर चेतावनी दिएका छन्। यदि तेहरानले आक्रमण जारी राखे ‘पहिले कहिल्यै नदेखेको’ शक्तिले प्रहार गर्ने धम्की उनले दिएका हुन्।इरानले आफ्नो सर्वोच्च नेता अयातोल्लाह खामेनीको हत्याको बदला लिने वाचा गर्दै अमेरिकी र इजरायली अड्डामा नयाँ आक्रमण सुरु गरेको बेला उनले यस्तो बताएका हुन्।

    ‘इरानले भर्खरै भनेको छ कि उनीहरूले आज धेरै कडा प्रहार गर्नेछन्, पहिले कहिल्यै प्रहार नगरेको भन्दा कडा। यद्यपि, उनीहरूले त्यसो नगर्नु राम्रो हो किनभने यदि उनीहरूले त्यसो गरे भने, हामी उनीहरूलाई पहिले कहिल्यै नदेखेको शक्तिले प्रहार गर्नेछौँ,’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्।संयुक्त आक्रमणमा खामेनीको हत्या भएपछि मध्यपूर्वमा तनाव बढ्दै गएको छ।

    आणविक वार्ता रोकिएपछि र तेहरानले गतिविधि पुनस् सुरु गरेपछि अमेरिकाले इजरायलसँग मिलेर इरान विरुद्ध ‘अपरेशन एपिक फ्युरी’ सुरु गरेको थियो। राजधानी तेहरानसहित धेरै सहरलाई लक्षित गरी गरिएको आक्रमणमा खामेनीसँगै उनकी छोरी, ज्वाइँ र नातिनीको पनि मृत्यु भएको इरानी सञ्चारमाध्यमले जनाएका छन्।

    इरानी मिडियाका अनुसार खामेनी आफ्नै परिसरमा मारिएका थिए। उनको शरीरको तस्बिर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हेरेका छन्। सर्वोच्च नेता खामेनीलाई श्रद्धाञ्जली अर्पण गर्न इरानको इस्फहानमा हजारौँ मानिसहरू भेला भए। इजरायली रक्षामन्त्री इजरायल काट्जले खामेनीको मृत्युमा खुसी व्यक्त गर्दै नेतान्याहू र सेनालाई बधाई दिएका छन्।

    इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिका र इजरायलले ‘रेड लाइन’ पार भन्दै ठूलो मूल्य चुकाउनुपर्ने धम्की दिएका छन्। गालिबाफका अनुसार इरानले यति बलियो कारबाही गर्नेछ कि उनीहरू ९अमेरिका र इजरायल० मद्दत माग्न बाध्य हुनेछन्।

    इरानको संविधानको धारा १११ अनुसार नयाँ सर्वोच्च नेताको निर्वाचन नभएसम्म अस्थायी परिषद्ले देशको कार्यभार सम्हाल्छ। परिषद्मा तीन सदस्यहरू छन्स् राष्ट्रपति मसूद पजास्कियान, सर्वोच्च अदालतका प्रधानन्यायाधीश घोलाम–होसेन मोहसेनी–एजेई, र अभिभावक परिषद्का एक धर्मगुरु रहेका छन्।

    यो अस्थायी परिषद्ले विज्ञ सभाले औपचारिक रूपमा नयाँ सर्वोच्च नेताको निर्वाचन नगरेसम्म काम गर्छ। अहिले इरानले दुबई, अबुधाबी, कतार र बहराइन लगायत खाडी क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरिरहेको छ। उसको निशानमा अमेरिकी सैन्य अड्डा रहेका छन्।

    यसअघि ट्रम्पले अमेरिकी जनताको रक्षा गर्न र इरानको खतरालाई समाप्त पार्न सैन्य कारबाही आवश्यक भएको दाबी गर्दै आएका थिए। खामेनीको हत्यापछि इरानसँग वार्ता गर्न ‘धेरै सजिलो’ भएको तर्क उनको थियो।

    उनले इरानमा लामो समय शासन गर्ने ८६ वर्षीय नेतालाई ‘इतिहासको सबैभन्दा दुष्ट व्यक्ति मध्ये एक’ समेत भनेका छन्। ट्रम्पले दाबी गरे, ‘यो इरानका जनताका लागि मात्र होइन, तर सबै महान अमेरिकीहरू र विश्वभरका धेरै देशका ती मानिसहरूका लागि न्याय हो, जसलाई खामेनी र उनको रक्तपिपाही गुण्डाहरूको गिरोहले मारेको छ वा अंगभंग गरेको छ।’ एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार