बिहीबार , साउन २१ गते २०८३

तेहरान र बेरुतमा एकैसाथ इजरायली आक्रमण

तेहरान र बेरुतमा एकैसाथ इजरायली आक्रमण

अखबार दैनिक
मंगलबार, फागुन १९ २०८२
  • तेहरान र बेरुतमा एकैसाथ इजरायली आक्रमण

    इजरायलले मंगलबार बिहान तेहरान र बेरुतमा एकैसाथ सैन्य आक्रमण गरिरहेको छ । इजरायली वायुसेनाले जारी गरेको वक्तव्यअनुसार यी आक्रमणहरू इरानी शासनका सैन्य ठेगाना र इरान समर्थित हिज्बुल्लाहका संरचनालाई लक्षित गरी गरिएको हो ।

    इजरायली सेनाले यसअघि इजरायली लडाकु विमानलाई निशाना बनाउन प्रयोग गरिएको इरानको मिसाइल प्रक्षेपण स्थल र हवाई प्रतिरक्षा प्रणालीमा प्रहार गरिएको बताएको थियो । मिसाइल लञ्चर सशस्त्रीकरणका प्रयास, प्रत्यक्ष फायरिङ साइट, ब्यालेस्टिक मिसाइल र सम्बन्धित संरचनामाथि आक्रमण जारी रहने चेतावनी सेनाले दिएको छ ।

    यसैबिच, अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी फौजले इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) का कमान्ड तथा नियन्त्रण केन्द्र, इरानी हवाई प्रतिरक्षा क्षमता, मिसाइल र ड्रोन प्रक्षेपण स्थल तथा सैन्य एयर फिल्ड नष्ट गरेको जनाएको छ ।

    उता, इरानले पनि रातभर खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी मुलुकहरूलाई लक्षित गर्दै हवाई आक्रमण जारी राखेको बताइएको छ । एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार