बिहीबार , साउन २१ गते २०८३

स्ट्रेट अफ हर्मुजमा अमेरिकी सुरक्षा पहलः ऊर्जा आपूर्तिको स्वतन्त्र प्रवाह सुनिश्चित गर्ने ट्रम्पको घोषणा

स्ट्रेट अफ हर्मुजमा अमेरिकी सुरक्षा पहलः ऊर्जा आपूर्तिको स्वतन्त्र प्रवाह सुनिश्चित गर्ने ट्रम्पको घोषणा

अखबार दैनिक
बुधबार, फागुन २० २०८२
  • स्ट्रेट अफ हर्मुजमा अमेरिकी सुरक्षा पहलः ऊर्जा आपूर्तिको स्वतन्त्र प्रवाह सुनिश्चित गर्ने ट्रम्पको घोषणा

    मध्यपूर्वमा चुलिँदो तनाव र विश्वव्यापी तेल आपूर्तिमा अवरोधको चिन्ताबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी क्षेत्रको समुद्री व्यापार सुरक्षित गर्न “तत्काल कदम” चालिने घोषणा गरेका छन् । उनले ऊर्जा ढुवानीसहित सम्पूर्ण समुद्री व्यापारको वित्तीय सुरक्षाका लागि राजनीतिक जोखिम बीमा उपलब्ध गराइने र आवश्यक परे अमेरिकी नौसेना मार्फत ट्यांकरहरूलाई हर्मुज जलमार्गमा एस्कर्टिङ गरिने बताएका छन् ।

    ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै संयुक्त राज्य अमेरिका विकास फाइनान्स ९डिएफसी० लाई “उचित शुल्कमा” राजनीतिक जोखिम बीमा र ग्यारेन्टी उपलब्ध गराउन निर्देशन दिएको उल्लेख गरेका छन् । उनका अनुसार उक्त सुविधा खाडी हुँदै आवागमन गर्ने सबै शिपिङ लाइनका लागि खुला रहनेछ ।

    “आवश्यक परेमा अमेरिकी नौसेनाले सकेसम्म छिट्टै हर्मुज जलमार्ग हुँदै जाने ट्यांकरहरूलाई एस्कर्ट गर्न थाल्नेछ । विश्वमा ऊर्जाको स्वतन्त्र प्रवाह कुनै पनि हालतमा सुनिश्चित गरिनेछ,” ट्रम्पले लेखेका छन् ।

    तेल बजारले क्षेत्रीय घटनाक्रम नजिकबाट नियालिरहेका बेला हर्मुज जलमार्ग लगातार चौथो दिन पनि प्रभावकारी रूपमा बन्द रहँदा मूल्यमा अस्थिरता देखिएको छ । याहु फाइनान्सका अनुसार यो समाचार तयार पार्दासम्म ब्रेन्ट कच्चा तेलको भाउ करिब ८२.२९ अमेरिकी डलर प्रति ब्यारेलमा कारोबार भइरहेको थियो । फारस खाडीलाई ओमानको खाडीसँग जोड्ने यो साँघुरो समुद्री मार्ग विश्वकै महत्वपूर्ण ऊर्जा ‘चोकपोइन्ट’ मानिन्छ, जहाँबाट विश्वको ठूलो परिमाणमा तेल तथा द्रवीकृत प्राकृतिक ग्यास ढुवानी हुन्छ ।

    यस घोषणाले अन्तर्राष्ट्रिय ऊर्जा बजार स्थिर राख्न वासिङ्टनले आर्थिक र सैनिक दुवै साधन प्रयोग गर्न तयार रहेको संकेत गरेको छ । यसअघि फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानका विभिन्न सहरहरूमा संयुक्त हवाई आक्रमण गरेका थिए । ती आक्रमणहरू सैन्य कमान्ड केन्द्र, वायु–रक्षा प्रणाली, मिसाइल स्थल र प्रमुख पूर्वाधार लक्षित रहेको जनाइएको छ ।

    घटनामा इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीसहित चार जना वरिष्ठ सैन्य तथा सुरक्षा अधिकारीको मृत्यु भएको दाबी गरिएको छ । जवाफस्वरूप इरानले इजरायल, बहराइन, कुवेत, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र जोर्डनलगायत क्षेत्रमा अमेरिकी सम्पत्ति र सहयोगीहरूतर्फ ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमण गरेको बताइएको छ ।

    यससँगै मध्यपूर्वमा द्वन्द्व थप फराकिलो बन्दै गएको छ भने सर्वसाधारण र प्रवासीहरूको सुरक्षामा समेत जोखिम बढेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन् । एएनआई

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार