बिहीबार , साउन २१ गते २०८३

दसैँ–तिहारमा दुर्व्यवहार रोक्न प्रहरीको ‘सेफ्टी पिन अपरेशन’

दसैँ–तिहारमा दुर्व्यवहार रोक्न प्रहरीको ‘सेफ्टी पिन अपरेशन’

अखबार दैनिक
मंगलबार, असोज २७ २०७७
  • दसैँ–तिहारमा दुर्व्यवहार रोक्न प्रहरीको ‘सेफ्टी पिन अपरेशन’

    २७ असोज

    चाडपर्वको बेला सामान किन्ने ठाउँ र सवारी आवागमन हुने मुख्य केन्द्रमा ठेलमठेल भिडभाड हुन्छ र सो भिडभाड हुने ठाउँमा महिलामाथि हिंसा हुनसक्छ । त्यस्ता ठाउँमा हुनसक्ने यौनजन्य हिंसा, पाकेटमार र लुटपाट नियन्त्रण गर्न महानगरीय प्रहरी कार्यालयले सादा पोशाकमा प्रहरी परिचालन गरेर अपरेशन गर्ने कार्ययोजना शुरु गरेको छ ।

    सो अपरेशनको नाम हो–‘सेफ्टी पिन अपरेशन ।’ सार्वजनिक गाडीमा हुने हिंसा रोक्न ०७३ देखि महानगरीय प्रहरी कार्यालय रानिपोखरीले शुरु गरेको सो अपरेशन लकडाउनको समयमा रोकिएको थियो । भिडभाड कम भएकाले लकडाउनपछि रोकिएको अपरेशन १५ असोजबाट फेरि शुरु गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) सुशीलकुमार यादवले अखबारदैनिकलाई जानकारी दिए । उनले भने– ‘चाडपर्वको बेला बढी भिडभाड हुने स्थानमा हुनसक्ने यौनिक हिंसा र लुटपाट नियन्त्रण गर्न अपरेशन पुनः सुचारु गरेका छौँ ।’

    महानगरीय प्रहरी कार्यालय, महिला तथा बालवालिका शाखाकी प्रहरी निरीक्षक (इन्सपेक्टर) हेमा थोकरको कमाण्डमा खटिने अपरेशन टिमले असोज १५ पछि ५७ जना शंकास्पदलाई पक्राउ गरेको छ । लैंङ्गिक हिंसा नियन्त्रण तथा पिडित उद्धार घुम्ति प्रहरी (मोवाईल भ्यान) मार्फत सेफ्टी पिन अपरेशन टिम परिचालित हुन्छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार