बिहीबार , साउन २१ गते २०८३

ट्याङ्करमा आक्रमणपछि इराकको तेल बन्दरगाह बन्द

ट्याङ्करमा आक्रमणपछि इराकको तेल बन्दरगाह बन्द

अखबार दैनिक
बिहीबार , फागुन २८ २०८२
  • ट्याङ्करमा आक्रमणपछि इराकको तेल बन्दरगाह बन्द

    इराकले आफ्ना तेल टर्मिनलहरूको सञ्चालन पूर्ण रूपमा बन्द गरेको छ । पर्सियन खाडीमा दुई वटा तेल ट्याङ्करमाथि आक्रमणपछि सो निर्णय गरिएको अधिकारीहरूले बताएका छन् ।जनरल कम्पनी फर इराकी पोर्टस्का महानिर्देशक फरहान अल–फर्तौसीले इराकी समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार तेल टर्मिनलहरू पूर्ण रूपमा बन्द गरिएका छन्, तर देशका व्यावसायिक बन्दरगाहहरू भने अझै सञ्चालनमा छन् ।

    आक्रमणमा परेका दुई तेल ट्याङ्कर पर्सियन खाडीमा आगलागीको अवस्थामा भेटिएका थिए । प्रारम्भिक जानकारी अनुसार विस्फोटक बोकेको इरानी पानी– ड्रोनले प्रहार गर्दा दुर्घटना भएको आशङ्का गरिएको छ । घटनामा एक जना चालक दल सदस्यको मृत्यु भएको खबर आएको छ । अरू ३८ जनालाई उद्धार गरिएको अधिकारीहरूले बताएका छन् ।

    बुधबारयता मात्रै पर्सियन खाडी क्षेत्रमा जहाजमाथि कम्तीमा ६ वटा आक्रमण भएको बताइएको छ । यसले विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलडमरुलाई युद्धको मुख्य केन्द्र बनाइरहेको देखिन्छ ।

    यस घटनाले इराकको सुरक्षा र अर्थतन्त्रमा नकारात्मक असर पार्ने चेतावनी इराकको सरकारी तेल मार्केटिङ कम्पनी स्टेट अर्गनाइजेशन फर मार्केटिङ अफ आयल (एसओएमओ) ले दिएको छ । एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार