बिहीबार , साउन २१ गते २०८३

इरानले प्रहार गरेको ड्रोन खस्दा ओमानमा दुई विदेशी कामदारको मृत्यु

इरानले प्रहार गरेको ड्रोन खस्दा ओमानमा दुई विदेशी कामदारको मृत्यु

अखबार दैनिक
शुक्रबार, फागुन २९ २०८२
  • इरानले प्रहार गरेको ड्रोन खस्दा ओमानमा दुई विदेशी कामदारको मृत्यु

    इरानले प्रहार गरेको ड्रोन खस्दा ओमानमा दुई विदेशी कामदारको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराका अनुसार ओमानको सोहर प्रान्तमा ड्रोन खस्दा दुईजनाको मृत्यु भएको हो । ड्रोन अल–अवाही औद्योगिक क्षेत्रमा खसेको बताइएको छ ।

    यस घटनाका सम्बन्धमा ओमानको लागि नेपाली राजदूत डोरनाथ अर्यालले त्यहाँ रहेका सबै नेपाली सुरक्षित रहेको बताएका छन् । दुईजना आप्रवासी कामदारको मृत्यु भएको भन्ने समाचार आएको छ । हामीले बुझ्दा घटना भएको क्षेत्रमा सबै नेपाली सुरक्षित रहेको जानकारी प्राप्त भएको छ,” राजदूत अर्यालले भने ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार