काठमाडौं । प्यालेस्टिनीहरूलाई समर्थन र इजरायली कदमहरूको निन्दा व्यक्त गर्ने वार्षिक कार्यक्रम अन्तर्राष्ट्रिय कुड्स दिवस मनाउन इरानभरका मानिसहरू सडकमा उत्रिएका छन् । सन् १९७९ मा इरानद्वारा स्थापित यो कार्यक्रम रमजानको उपवास महिनाको अन्तिम शुक्रवार मनाइन्छ । यस वर्ष यो मार्च १३ मा र इरानमाथि जारी अमेरिका–इजरायली हवाई आक्रमणका बीच परेको छ । राजधानीमा मानिसहरूले इरानको झण्डा फहराउँदै र इरानका दिवंगत सर्वोच्च नेता अली खामेनी र उनका उत्तराधिकारी मोज्ताबा खामेनीका तस्विरहरू बोकेर १० फरक स्थानबाट मध्य तेहरानको प्रसिद्ध एंगलाब स्क्वायरतर्फ मार्च गरे । प्रदर्शनकारीहरूले संयुक्त राज्य अमेरिका र इजरायलले गरेका अपराधहरूको निन्दा गरे । इरानी सशस्त्र बलप्रति आफ्नो समर्थन व्यक्त गरे र नयाँ सर्वोच्च नेताप्रति निष्ठाको प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस