बिहीबार , साउन २१ गते २०८३

युद्धका बेला पनि यात्रुवाहक विमान सुरक्षित उडाउन कसरी सम्भव

युद्धका बेला पनि यात्रुवाहक विमान सुरक्षित उडाउन कसरी सम्भव

अखबार दैनिक
सोमबार, चैत २ २०८२
  • युद्धका बेला पनि यात्रुवाहक विमान सुरक्षित उडाउन कसरी सम्भव

    पछिल्ला १५ दिनयता इरान र खाडी क्षेत्रका आकाशमा ड्रोनहरू घुमिरहँदा एअर ट्राफिक कन्ट्रोलरहरूले युद्धरत इलाकाका साँघुरा र सुरक्षित क्षेत्रबाट यात्रुवाहक विमानहरूलाई वारपार गराइरहेका छन्। फ्लाइट ट्रयाकर नक्सामा हेर्दा इजिप्ट र जोर्जाको आकाश कति व्यस्त छ भन्ने देखिन्छ। एअर ट्राफिक कन्ट्रोलरहरूले नक्साका फरकफरक खण्डहरू हेरेर कुन विमान आफ्नो हवाई मार्गमा प्रवेश गर्दै छ र कुन विमान बाहिरियो भन्ने निगरानी गरिरहेका हुन्छन्। 

    साधारण अवस्थामा एक जना कन्ट्रोलरले एक पटकमा छ वटा विमानसम्म व्यवस्थापन गर्न सक्छन्। तर युद्ध भएको समयमा एक जनाले हेर्नुपर्ने विमानको सङ्ख्या त्यसको दोबर पनि हुन सक्छ। "हाम्रो मस्तिष्कले २० देखि ३० मिनेटभित्रको समयमा त्यो मात्रा सम्मको मात्रै एकाग्रता दिन सक्छ," अवकाशप्राप्त एअर ट्राफिक कन्ट्रोलर ब्रेन रोश सुनाउँछन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार