सिंगापुरका प्रधानमन्त्री लरेन्स वङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाइ ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाह आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले जनताबाट प्राप्त गरेको बलियो जनादेशले शाहको नेतृत्वप्रति जनताको विश्वासलाई झल्काउने उनले बताएका छन् । सिंगापुर र नेपालबीचको सम्बन्ध न्यानो र मैत्रीपूर्ण रहेको उनले उल्लेख गरेका छन् । उनले जनस्तरको घनिष्ट सम्बन्ध र बहुपक्षीय मञ्चहरूमा भइरहेको राम्रो सहकार्यको चर्चा गरे ।
प्रधानमन्त्री वङले आगामी दिनमा दुई देशबीचको न्यानो सम्बन्धलाई अझ गहिरो बनाउन बालेन्द्र शाहसँग मिलेर काम गर्न आफू उत्सुक रहेको बताए । उनले नयाँ प्रधानमन्त्री शाहको सुस्वास्थ्य र नयाँ भूमिकामा पूर्ण सफलताको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस