बिहीबार , साउन २१ गते २०८३

इरानका पूर्वविदेशमन्त्री कमाल खराजीको मृत्यु

इरानका पूर्वविदेशमन्त्री कमाल खराजीको मृत्यु

अखबार दैनिक
शुक्रबार, चैत २७ २०८२
  • इरानका पूर्वविदेशमन्त्री कमाल खराजीको मृत्यु

    इरानका पूर्वविदेशमन्त्री कमाल खराजीको मृत्यु भएको छ । अप्रिलको सुरूवाततिर घाइते भएका खराजीको उपचारका क्रममा मृत्यु भएको हो ।इरानका सञ्चारमाध्यमहरूले पूर्वविदेशमन्त्री खराजी मृत्युको समाचार प्रकाशन–प्रशारण गरेको बीबीसीले जनाएको छ ।खराजीलाई इरानको सत्ता राजनीतिमा एक सुधारवादी नेताका रूपमा लिइन्थो । उनी ‘स्ट्रेटेजिक काउन्सिल अन फरेन रिलेसन्स’ का प्रमुख र दिवंगत सर्वोच्च नेता अली खामेनेईका सल्लाहकारका रूपमा पनि चिनिन्थे ।

    खराजीले सन् १९९७ से २००५ सम्म इरानको विदेशमन्त्रीका रूपमा काम गरेका थिए । इरानको सुधारवादी समर्थक जामरान न्युज वेबसाइटले १ अप्रिलमा खराजी आक्रमणमा परी गम्भीर घाइते भएका र उपचारका लागि अस्पतालमा भर्ना गरिएको समाचार प्रकाशित गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार