बिहीबार , साउन २१ गते २०८३

अमेरिकन ड्रोन एभरेष्ट बेसक्याम्पमा उद्घाटन

अमेरिकन ड्रोन एभरेष्ट बेसक्याम्पमा उद्घाटन

अखबार दैनिक
शुक्रबार, वैशाख १८ २०८३
  • अमेरिकन ड्रोन एभरेष्ट बेसक्याम्पमा उद्घाटन

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत सर्जियो गोरले एभरेष्ट बेसक्याम्पमा अल्ट्रा एक्स जेन २ नामक अमेरिकन कार्गो ड्रोनको औपचारिक उद्घाटन गरेका छन्। उद्घाटनमा नेपालस्थित दूतावासका प्रतिनिधि स्कट चार्ज पनि सहभागी रहेका थिए।

    नेपाल न्यूज बैंकसँगको कुराकानीमा गोरले ड्रोनको सार्वजनिकसँगै अमेरिकी प्रविधिको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए । उनले अमेरिकी नवप्रवर्तन र नेपालको सहकार्यले हिमाली क्षेत्रमा नयाँ सम्भावनाहरू खोल्ने र यसले भविष्यमा उद्धार तथा ढुवानी प्रणालीलाई अझ प्रभावकारी बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

    उनले भने,‘हामी सुन्दर नेपालमा छौँ। हामी एभरेष्ट बेसक्याम्पमा उपस्थित छौँ र यहाँ हामीले अमेरिकी प्रविधिको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छौँ। यो ड्रोनले सगरमाथा क्षेत्र वरपर सरसफाइ गर्न सक्ने क्षमता राख्छ, साथै आपतकालीन अवस्थामा आवश्यक सामग्री, अक्सिजन सिलिण्डर तथा आरोहीहरूको उद्दारका लागि आवश्यक सामानहरू पुर्‍याउन सक्षम छ।’

    उनको अनुसार ड्रोनको क्षमता करिब ५ केजीसम्मको भार बोक्न सक्ने रहेको छ। यो ड्रोन फ्रिफ्लाई सिस्टम द्वारा निर्माण गरिएको कार्गो ड्रोन हो । भने विशेषगरी छायांकनको लागि ठूला क्यामरा लिफ्ट गर्नको लागि यो ड्रोनको प्रयोग गरीन्छ ।

    ‘५ केजी सम्मको भार उठाउन सक्ने यसको क्षमता छ । अमेरिकी कम्पनी फ्रिफ्लाई सिस्टम द्वारा निर्मित कार्गो ड्रोन । अमेरिकी प्रविधि र नेपालसँगको सहकार्यको उत्कृष्ट उदाहरण हो,’उनले भने । यसअघि नेपालमा एयर लिफ्ट नामक कम्पनिले ४० केजीसम्मको भार क्षमता भएको ड्रोन बेसक्याम्प ,क्याम्प नं २ सम्म पुर्याइसकेको छ ।

    यद्यपि ड्रोनको औपचारिक उद्घाटन भए पनि आवश्यक अनुमति प्रक्रिया पूरा नभइसकेको कारण हालसम्म यसको उडान परीक्षण सञ्चालन गर्न सकिएको छैन। सम्बन्धित निकायबाट अनुमति प्राप्त भएपछि मात्र यसको पूर्ण सञ्चालन हुने जनाइएको छ। रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार