बिहीबार , साउन २१ गते २०८३

अमेरिकी प्रतिबन्ध अस्वीकार गर्ने चीनको घोषणा

अमेरिकी प्रतिबन्ध अस्वीकार गर्ने चीनको घोषणा

अखबार दैनिक
आइतबार, वैशाख २० २०८३
  • अमेरिकी प्रतिबन्ध अस्वीकार गर्ने चीनको घोषणा

    इरानी तेल खरिद गरेको भन्दै अमेरिकाले चिनियाँ कम्पनीहरूमाथि लगाएको प्रतिबन्धलाई चीनले मान्यता नदिने स्पष्ट पारेको छ। चिनियाँ वाणिज्य मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै पाँच चिनियाँ कम्पनीमाथि चालिएको अमेरिकी कदम अन्तर्राष्ट्रिय कानुन र सम्बन्धका मूल सिद्धान्तविपरीत रहेको दाबी गरेको हो। 

    बेइजिङले आफ्ना कम्पनी र संस्थाहरूलाई यी प्रतिबन्धहरू लागू नगर्न निर्देशन दिँदै अन्य देशसँग गरिने सामान्य आर्थिक तथा व्यापारिक कारोबारमा अवरोध पुर्‍याउने कुनै पनि निर्णय आफूलाई स्वीकार्य नहुने चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघको स्वीकृतिबिना र अन्तर्राष्ट्रिय कानुनको आधारविना लगाइने एकपक्षीय प्रतिबन्धको चीनले सधैँ विरोध गर्दै आएको मन्त्रालयले उल्लेख गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार