बिहीबार , साउन २१ गते २०८३

डढेलो निभाउन ड्रोनहरुको प्रयोग

डढेलो निभाउन ड्रोनहरुको प्रयोग

अखबार दैनिक
सोमबार, वैशाख २१ २०८३
  • डढेलो निभाउन ड्रोनहरुको प्रयोग

    चीनमा ड्रोनहरू विभिन्न तरिकाले प्रयोग भइरहेका छन् । मध्य चीनको हुबेई प्रान्तको यिचाङ शहरमा डढेलो निभाउन ड्रोनहरुको प्रयोग गर्ने गरिएको छ ।हालसालै एक परीक्षण स्थलमा, एक स्वायत्त अग्नि नियन्त्रक ड्रोनले लगभग ५० मिटरको उचाइबाट आगो प्रतिरोधी पोड खसालेको छ ।

    उक्त पोड खसेपछि ठोक्किएर विस्फोट भएको र आगो निभेको थियो । प्राविधिक लु युहेङका अनुसार ड्रोन प्रति सेकेन्ड १५ मिटरको गतिमा चल्ने अग्नि नियन्त्रक ड्रोन हो। उक्त ड्रोन तीन किलोमिटरको कभरेज भित्र पाँच मिनेटभित्र जहाँ पनि पुग्न सक्छन् ।

    तर ड्रोनहरू केवल आपतकालीन परिदृश्यहरूको लागि मात्र नभइ पर्यटन नवीनताको रूपमा प्रयोग गर्ने चलन सुरु भएको छ । अचम्मको यो ड्रोन क्यूआर कोड स्क्यान गरेपछि माथि उड्छ, र त्यसपछि विस्तृत दृश्य वा फोटोहरू कैद गर्ने गर्छ ।

    यस्ता नवीनतम प्रविधिको प्रयोगले चीनको अर्थतन्त्रको बजार स्केल सन् २०३५ सम्ममा लगभग ५१० अर्ब अमेरिकी डलर पुग्ने अपेक्षा गरिएको छ। सीसीटीभीप्लस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार