बिहीबार , साउन २१ गते २०८३

मध्यपूर्वमा फेरि चर्किन थाल्यो द्वन्द्व, होर्मुजमा अमेरिका-इरान हानाहानलगत्तै यूएईमा क्षेप्यास्त्र प्रहार

मध्यपूर्वमा फेरि चर्किन थाल्यो द्वन्द्व, होर्मुजमा अमेरिका-इरान हानाहानलगत्तै यूएईमा क्षेप्यास्त्र प्रहार

अखबार दैनिक
शुक्रबार, वैशाख २५ २०८३
  • मध्यपूर्वमा फेरि चर्किन थाल्यो द्वन्द्व, होर्मुजमा अमेरिका-इरान हानाहानलगत्तै यूएईमा क्षेप्यास्त्र प्रहार

    केही हप्तादेखि अमेरिका र इरानबिच जारी युद्धविरामका कारण मध्यपूर्वमा मत्थर भएको द्वन्द्व फेरि चर्किन थालेको छ। जलमार्ग होर्मुज स्ट्रेटमा अमेरिका र इरानबिच गोलाबारी भएको घटना सार्वजनिक भएलगत्तै शुक्रबार बिहान यूएईले इरानबाट हवाई हमला गरिएको बताएको छ। 

    यूएईको रक्षा मन्त्रालयले इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र र ड्रोन रोकिएको बताएको छ। यूएईको रक्षा मन्त्रालयले एक्समा लेखेको छ, ‘हाम्रो वायु रक्षा प्रणालीले ब्यालिस्टिक क्षेप्यास्त्र, क्रुज क्षेप्यास्त्र र ड्रोनलाई रोकिरहेको छ, त्यसैले देशका विभिन्न भागमा आवाज सुनिएका छन्।’ यूएईको रक्षा मन्त्रालयले आफ्ना नागरिकलाई शान्त रहन र सुरक्षा एजेन्सीले जारी गरेका निर्देशन पालना गर्न अपिल गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार