बिहीबार , साउन २१ गते २०८३

मलेसियामा डुङ्गा डुब्दा १४ जना वेपत्ता

मलेसियामा डुङ्गा डुब्दा १४ जना वेपत्ता

अखबार दैनिक
मंगलबार, वैशाख २९ २०८३
  • मलेसियामा डुङ्गा डुब्दा १४ जना वेपत्ता

    मलेसियाको पश्चिमी तटमा रहेको पाङ्कोर टापुमा इन्डोनेसियाका ३७ जना कागजात विहीन आप्रवासी बोकेको डुङ्गा डुब्दा १४ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।पेराकमा स्थित मलेसियन मेरिटाइम एन्फोर्समेन्ट एजेन्सी ९एमएमइए० ले सोमबार एक जना स्थानीय माझीले समुद्रमा जीवित व्यक्तिहरू तैरिरहेको भेटेर सुचना गरे पछि घटनाको आशङ्का गरी उद्धार प्रयास गरिएको बताएको छ ।

    प्रारम्भिक अनुसन्धानले डुङ्गामा सवार ३७ जना मध्ये २३ जना पीडितलाई उद्धार गरिएको जनाएको छ भने बाँकी व्यक्तिहरू पत्ता लगाउने प्रयास जारी छ । पेराक एमएमइएका निर्देशक मोहम्मद शुकरी खोटोबले विज्ञप्ति जारी गर्दै प्रारम्भिक अनुसन्धानले आप्रवासीहरू मे –९ मा इन्डोनेसियाको किसरनबाट पेनाङ, तेरेङ्गानु, सेलान्गोर र क्वालालम्पुर लगायत मलेसियाका अन्य गन्तव्यहरूतर्फ हिडेको उल्लेख गर्नु भएको छ ।

    एजेन्सीले बेपत्ता व्यक्तिहरूको खोजी गर्न डुङ्गा, हेलिकप्टर तथा विमान तैनाथ गरेको उहाँले बताउनु भएको छ । उद्धार गरिएका व्यक्तिलाई थप अनुसन्धानका लागि प्रहरीलाई बुझाएको जनाएको छ ।मलेसिया एसियाका गरिब भागहरूबाट आएका लाखौं आप्रवासीहरूको मुख्य गन्तव्य हो, जस मध्ये धेरै जना कागजात विहीन छन् जसले निर्माण र कृषि लगायत उद्योगहरूमा काम गरिरहेको जनाइएको छ ।

    यद्देपी मानव बेचबिखनको अखडा बनाइएका सिमाहरुमा प्रायः खतरनाक हुनेगरेको र जसले गर्दा डुङ्गाहरू डुब्ने गरेको बताएको छ ।यस अघि सन् २०२५ नोभेम्बर मा थाई–मलेसियन तट नजिकै अनियमित आप्रवासी बोकेको डुङ्गा पल्टिदा ३६ जना आप्रवासीहरूको मृत्यु भएको थियो । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार