बिहीबार , साउन २१ गते २०८३

१७ वर्षको जेल सजाय विरूद्धको अपिल हारेपछि दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली पुनः जेल जाने

१७ वर्षको जेल सजाय विरूद्धको अपिल हारेपछि दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली पुनः जेल जाने

अखबार दैनिक
शुक्रबार, कात्तिक १४ २०७७
  • १७ वर्षको जेल सजाय विरूद्धको अपिल हारेपछि दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली पुनः जेल जाने

    १४ कार्तिक काठमाण्डौं । दक्षिण कोरियाली पूर्व राष्ट्रपति ली म्युङ–वाकलाई सर्वोच्च अदालतले बिहीबार घुस तथा भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोकेको छ। सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेका अनुदारवादी नेता लीलाई उनकै अनुरोधमा मुद्दाको फैसला नहुँदासम्म धरौटीमा रिहा गरिएको थियो। फैसलाको पर्खाइमा रहेका लीमाथि आफ्ना विश्वासपात्रमार्फत् आर्थिक अनियमितता गरेको आरोप थियो। यो फैसलाले पूर्व राष्ट्रपति लीलाई पुनरावेदनको सुविधा दिएको छैन। यदि राष्ट्रपतिबाट सजाय माफ नभएमा उनीसँग जेलमा नै मृत्युलाई पर्खनुको विकल्प हुने छैन। फैसलापछि प्रहरी उनलाई जेलमा फिर्ता लान उनको सउलस्थित घरमा पुगेको थियो।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार