इजरायलले लेबनानमाथि आक्रमण तीव्र बनाएपछि दक्षिणी र पूर्वी लेबनानमा व्यापक हवाई तथा रकेट आक्रमण हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । मारिनेहरूमा बालबालिकासमेत रहेको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हेजबुल्लाहविरुद्ध सैन्य कारबाही अझ कडा बनाउन निर्देशन दिएको केही दिनपछि यो आक्रमण भएको हो ।
इजरायली सेनाले १०० भन्दा बढी हेजबुल्लाहका पूर्वाधार, हतियार भण्डारण स्थल तथा लडाकुहरूलाई निशाना बनाएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस