शुक्रबार, साउन २२ गते २०८३

अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ

अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ

अखबार दैनिक
शुक्रबार, जेठ २२ २०८३
  • अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ

    यहाँस्थित नेपाली सेना र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० जोमसोमद्वारा राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गको बृहत् सरसफाइ गरिएको छ । सैनिक उच्चशिखर शिक्षालय कैसाङको आयोजना तथा एक्याप जोमसोमको समन्वयमा मनाङ–मुस्ताङ सीमाना थोरङपासदेखि थोरङफेदीसम्मको पर्यटकीय पदमार्गको बृहत् सरसफाई गरिएको हो ।

    यहाँको सैनिक उच्च शिखर शिक्षालयका आयोजनामा उच्च हिमाली तथा तथा दुर्गम पहाडी क्षेत्रमा नेपाली सेनाका जवानहरूलाई हिमाली युद्ध कला तथा विपद् प्रतिकार्य सम्वन्धि तालिम दिने क्रममा मनाङ हुँदै मुस्ताङ प्रवेश गर्ने पर्यटकीय पदमार्गको सरसफाइ गरिएको हो ।

    समून्द्री सतहको ५४१६ मिटरको उचाईमा अवस्थित थोरङ्पासदेखि समुद्री सतहको ४२ सय मिटरको उचाइमा रहेको थोरङफेदी ९च्याम्बर भू० सम्म करिब १७० जना बढी सैनिक शिक्षाार्थीहरूले फोहर सङ्कलन गरी सरसफाई गरेको एक्याप जोमसोमका प्रमुख राजेश गुप्तले जानकारी दिनुभयो । उक्त पदमार्गको फोहर सङ्कलन केन्द्रमा जम्मा भएका फोहर र सरसफाई गरी सङ्कलन गरिएका फोहर गरी ४० बोरा थोरङ्फेदीको सडकमार्गसम्म झारिएको थियो । त्यसपछि सङ्कलित गरी थोरङफेदी झारिएका फोहरलाई एक्यापले जोमसोम कार्यालयमा ल्याएको प्रमुख गुप्तले बताउनुभयो ।

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत लमजुङको बेँसी सहरदेखि मनाङ हुँदै विदेशी पर्यटक उक्त पदमार्ग प्रयोग गरी मुस्ताङ आइपुग्छन् । राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत थोरङपास पर्यटकीय पदमार्ग कठिन र चुनौतीपूर्ण पर्यटकीय पदमार्ग हो । उक्त पदमार्गमा बर्सेनि चैत र वैशाख र असोज र कात्तिकमा विदेशी पर्यटकले बढी मात्रामा पदयात्रा गर्ने गरेको एक्याप प्रमुख गुप्तले बताउनुभयो ।

    मनाङ मुस्ताङ पर्यटकीय पदमार्गमा पर्यटकहरूले मिल्काएका फोहर सङ्कलन गरी व्यवस्थापन गर्ने कार्य भएको प्रमुख गुप्तको भनाइ छ । उच्च हिमाली पर्यटकीय पदमार्गहरूमा फोहरमैला व्यवस्थापन गरी वातावरणीय स्वच्छता तथा दिगो पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउन सैनिक शिक्षार्थीहरूले महत्त्वपूर्ण भूमिका खेलेको एक्यापले उल्लेख गरेको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार