बिहीबार , साउन २१ गते २०८३

एसईईमा उत्कृष्ट नतिजापछि विद्यार्थीलाई बाजागाजा र नगद पुरस्कार सहित सम्मान

एसईईमा उत्कृष्ट नतिजापछि विद्यार्थीलाई बाजागाजा र नगद पुरस्कार सहित सम्मान

अखबार दैनिक
शुक्रबार, जेठ २२ २०८३
  • एसईईमा उत्कृष्ट नतिजापछि विद्यार्थीलाई बाजागाजा र नगद पुरस्कार सहित सम्मान

    काठमाडौं । गोरखा बारपाक सुलिकोट गाउँपालिका–७ देउरालीस्थित शैलपुत्री माध्यमिक विद्यालयका विद्यार्थी युनिक पनेरुले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ४ जीपीए प्राप्त गरी उत्कृष्ट नतिजा हासिल गरेका छन्। उत्कृष्ट नतिजा ल्याएपछि उनलाई बारपाक सुलिकोट गाउँपालिकाले नगद एक लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ।गाउँपालिकाले एसईई परीक्षा सुरु हुनुअघि नै कार्यपालिका बैठकमार्फत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।युनिक पनेरु अध्ययनरत शैलपुत्री माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकुमार श्रेष्ठ (दिपक) ले पनि आफ्नै तर्फबाट नगद पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरेका छन्।

    साथै, उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी पनेरुलाई बाजागाजासहित देउराली बजार परिक्रमा गराउँदै कार्यक्रम स्थलदेखि घरसम्म सम्मानपूर्वक पुर्‍याइएको विद्यालय स्रोतले जनाएको छ। अध्यक्ष श्रेष्ठले आफ्ना सबै छोराछोरी सरकारी विद्यालयमै अध्ययन गर्नुपर्छ भन्ने मान्यता राख्दै सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारमा विशेष पहल गर्दै आएका छन्। विद्यालय व्यवस्थापन समितिको नेतृत्व सम्हालेपछि उनले व्यक्तिगत कामलाई समेत पछाडि पार्दै विद्यालयको शैक्षिक अवस्था सुधार, शिक्षक–शिक्षिकाको परिचालन तथा विद्यार्थीलाई विभिन्न माध्यमबाट प्रोत्साहन गर्ने कार्यलाई प्राथमिकता दिएका छन्।

    अध्यक्ष श्रेष्ठका अनुसार विद्यालयमा युवा नेतृत्व, शिक्षकहरूको प्रभावकारी परिचालन तथा नियमित प्रोत्साहनका कारण शैलपुत्री माविले गोरखा जिल्लासहित सरकारी विद्यालयहरूमध्ये उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको हो। उनले शैक्षिक सुधारका लागि आफू जुनसुकै त्याग गर्न तयार रहेको समेत बताएका छन्।यसैबीच, गाउँपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने विद्यार्थी, शिक्षक तथा प्रधानाध्यापकका साथै कृषि क्षेत्रमा उल्लेखनीय उत्पादन गर्ने कृषकहरूलाई समेत नगदसहित सम्मान गरिएको थियो।स्थानीयवासीले शैलपुत्री माध्यमिक विद्यालयको उत्कृष्ट नतिजाले सरकारी विद्यालयप्रतिको विश्वास बढाएको भन्दै विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा विद्यार्थीको मेहनतको प्रशंसा गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार