सोमबार, भदौ १५ गते २०८३

एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ

एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ

अखबार दैनिक
सोमबार, भदौ १५ २०८३
  • एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ

    उदयपुर, १५ भदौ : कटारी नगरपालिका–६ बाँकेटारबाट प्रहरीले एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ गरेको छ ।    
        
    प्रहरीले शान्तिवन वन क्षेत्रबाट एक हजार १२२ दशमलव ६७ किलोग्राम गाँजा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंले जङ्गलमा लुकाइछिपाइ राखिएको अवस्थामा ५२ बोरा गाँजा बरामद गरिएको जानकारी दिनुभयो ।    
        
     प्रहरीले गाँजासहित ताप्ली गाउँपालिका–१ डाँडागाउँका रामबहादुर मगर, नेकबहादुर मगर र पृथ्वीराज मगरलाई पक्राउ गरेको हो । पक्राउ गरिएकालाई इलाका प्रहरी कार्यालय कटारीमा राखेर थप अनुसन्धान भइरहेको छ ।    
        
    गाँजा ओसारपसारमा प्रयोग भएको आशंकामा बा १६ च ५२६९ नम्बरको बोलेरो गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।    

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार