काठमाडौं, ४ असोज । जापानमा जारी २०औँ एसियन गेम्सअन्तर्गत महिला करातेको कुमिते ६८ केजीमाथिको स्पर्धामा नेपालकी एरिका गुरुङ सेमिफाइनलमा पराजित भएकी छन्।
सेमिफाइनलमा एरिका कजाखस्तानकी सोफिया बेरुत्सेभासँग २–१ अंकले पराजित भएकी हुन्।
एरिका यसअघि भएको एसियन गेम्सको संस्करणमा नेपालका लागि करातेमा ऐतिहासिक रजत पदक जितेकी खेलाडी हुन्।
यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलसम्म पुगेकी एरिकाले स्वर्ण पदकको दौडमा भने कजाखस्तानकी खेलाडीसँगको प्रतिस्पर्धामा हार बेहोर्नुपरेको हो।

प्रतिक्रिया दिनुहोस