आइतबार, असोज १८ गते २०८३

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनस्थल खुलामञ्चमा मिडिया सेन्टर तयार

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनस्थल खुलामञ्चमा मिडिया सेन्टर तयार

अखबार दैनिक
आइतबार, असोज १८ २०८३
  • कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनस्थल खुलामञ्चमा मिडिया सेन्टर तयार

    काठमाडौं १८ असोज, नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई लक्षित गर्दै काठमाडौंको खुलामञ्चमा मिडिया सेन्टर स्थापना गरिएको छ । उद्घाटनस्थलको मञ्चको दायाँतर्फ स्थापना गरिएको मिडिया सेन्टरबाट महाधिवेशनका गतिविधिबारे नियमित ब्रिफिङ तथा सञ्चार व्यवस्थापन गरिने भएको छ ।


    उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण गर्न चाहने सञ्चारमाध्यमका लागि मिडिया सेन्टरमा इन्टरनेट तथा निःशुल्क वाइफाइको व्यवस्था गरिएको छ । महाधिवेशन अवधिभर समाचार संकलन तथा रिपोर्टिङमा खटिने सञ्चारकर्मीलाई आवश्यक स्रोत–साधन र प्रविधिसहित मिडिया सेन्टरलाई व्यवस्थित बनाइएको छ ।

    महाधिवेशनको समाचार संकलन तथा रिपोर्टिङका लागि पत्रकारहरूलाई छुट्टै प्रेस पासको व्यवस्था गरिएको छ । मिडिया सेन्टरबाटै आइतबारदेखि सञ्चारकर्मीलाई प्रेस पास उपलब्ध गराइनेछ ।


    महाधिवेशनका हरेक गतिविधि सञ्चारमाध्यमसम्म सहज र प्रभावकारी रूपमा पुर्‍याउने उद्देश्यले मिडिया सेन्टरलाई आवश्यक तयारीसहित सञ्चालनका लागि तयार अवस्थामा राखिएको मिडिया सेन्टर प्रमुख जीवन भण्डारीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ