सोमबार, असोज २६ गते २०८३

पुलको पहुँचमार्ग बन्योः १५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन

पुलको पहुँचमार्ग बन्योः १५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन

अखबार दैनिक
सोमबार, असोज २६ २०८३
  • पुलको पहुँचमार्ग बन्योः १५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन

    बागलुङ, २६ असोजः पन्ध्र दिनपछि बागलुङ जिल्ला सिधा यातायातको पहुँचमा जोडिएको छ । यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पहुँचमार्ग बगाएर अवरुद्ध बनेको सडक १५ दिनपछि सञ्चालनमा आएको छ ।    
        
    करिब ३५ मिटर पहुँचमार्गको रातदिन गरी सडक डिभिजन कार्यालयले ग्याबिन, जियो ब्याग र जियो ग्रिड प्रविधिको प्रयोग गरी पहुँचमार्ग पुनर्निर्माण सम्पन्न गरेपछि आज बिहानदेखि सवारीसाधन वारपार गर्न थालेका इन्जिनियर अमर अधिकारीले जानकारी दिनुभयो ।    
        
    मध्पहाडीलोकमार्ग र कालीगण्डकी करिडोरको सङ्गमस्थलको रूपमा रहेको मालढुङ्गा पुलले बागलुङसहित पूर्वी रूकुमलगायत जिल्लालाई जोडेको छ । दसैँको समयमा सडक बन्द हुँदा बागलुङका नागरिकले सास्ती भोग्नु परेको थियो । पुल सञ्चानमा आएसँगै बागलुङको पर्यटन र व्यापार फस्ठाउने अपेक्षा गरिएको छ ।रासस 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ