बुधबार, कात्तिक २५ गते २०८३

दसैंपछि पहिलो दिन घट्यो सेयर बजार

दसैंपछि पहिलो दिन घट्यो सेयर बजार

अखबार दैनिक
सोमबार, कात्तिक ९ २०८३
  • दसैंपछि पहिलो दिन घट्यो सेयर बजार

    काठमाडौं, ९ कात्तिक। दसैंअघि लगातार सात कारोबार दिन बढेको सेयर बजार दसैंपछिको पहिलो कारोबार दिन घटेको छ। सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.३४ अंकले घटेर २६२९ विन्दुमा झरेको हो।

    यस दिन ९९ कम्पनीको सेयर मूल्य बढ्दा १७१ कम्पनीको घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो। कारोबार रकम पनि घटेर ४ अर्ब रुपैयाँमा सीमित भएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ८८ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।

    समग्र बजार घटे पनि उत्पादन तथा प्रशोधन र व्यापार समूहमा भने वृद्धि देखिएको छ। उत्पादन तथा प्रशोधन समूह १.०३ प्रतिशत र व्यापार समूह १.११ प्रतिशतले बढेका छन्। सिमेन्ट कम्पनीहरूको मूल्यवृद्धिले उत्पादन तथा प्रशोधन समूहलाई टेवा दिएको छ भने विशाल बजार कम्पनीको सेयर मूल्य बढ्दा व्यापार समूह उकालो लागेको हो।

    सोमबार बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। त्यस्तै माथिल्लो मैलुङखोला जलविद्युत् ५.८१ प्रतिशत, सोनापुर सिमेन्ट ५.०७ प्रतिशत र घोराही सिमेन्ट ४.४७ प्रतिशतले बढेका छन्।

    यता चिरख्वा हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ७.९२ प्रतिशतले घटेको छ। महिला लघुवित्तको ७.५७ प्रतिशत र गुराँस लघुवित्तको ५.८१ प्रतिशतले मूल्य घटेको छ।

    कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर, शिवम् सिमेन्ट, माउन्टेन इनर्जी, ग्रिन भेन्चर्स र हिमालयन डिस्टिलरी अगाडि रहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार