शुक्रबार, साउन २२ गते २०८३

कांग्रेसको १४औं महाधिवेशन आजदेखि

कांग्रेसको १४औं महाधिवेशन आजदेखि

अखबार दैनिक
शुक्रबार, मंसिर २४ २०७८
  • कांग्रेसको १४औं महाधिवेशन आजदेखि

    काठमाडौँ, २४ मंसिर । नेपाली कांग्रेसले नयाँ नेतृत्व चयनका लागि आज (शुक्रबार) १४औं महाधिवेशन सुरु गर्दै छ। राजधानी काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने महाधिवेशन दिउँसो १ बजे उद्घाटन गरिने कांग्रेसले जनाएको छ।

    कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महाधिवेशनमा सहभागी हुन बिहीबार बेलुकासम्म देशभरबाट झन्डै ४४ सय प्रतिनिधि काठमाडौं आइसकेका छन्।

    साथै उद्घाटन समारोहमा सहभागिताका लागि देशभरिबाट कांग्रेसका नेता/कार्यकर्ता पनि काठमाडौं आइरहेका छन्। कांग्रेसको नेतृत्वमा पुग्न यतिबेला उम्मेदवारहरूले महाधिवेशन प्रतिनिधिहरूसँग मत माग्न पनि सुरु गरिसकेका छन्।

    आज उद्घाटन गरिने कांग्रेसको महाधिवेशन भोलि शनिबारदेखि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा प्रवेश गर्नेछ। महाधिवेशन सुरुवातका लागि सबै तयारी पूरा भइसकेको कांग्रेसले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार