बिहीबार , साउन २१ गते २०८३

वास्तवमै स्वास्थ्यबर्द्धक हुन्छ ओट्स ?

वास्तवमै स्वास्थ्यबर्द्धक हुन्छ ओट्स ?

अखबार दैनिक
शुक्रबार, पुस २२ २०७९
  • वास्तवमै स्वास्थ्यबर्द्धक हुन्छ ओट्स ?

    काठमाडौं । ओट्स अर्थात् जौ अहिले सहरी क्षेत्रका धेरैको डाइट चार्टमा पर्ने गरेको छ । ओट्सले शरीरलाई फिट र सुन्दर राख्न मद्दत गर्ने हुनाले सर्वसाधारणदेखि सेलिब्रिटीसम्मको रोजाइमा परेको पोषणविद् कामना आचार्य बताउँछिन् ।

    ‘पहिले पहिले घोडा तगडा हुन्छ र धेरै कुद्न सक्छ भनेर घोडालाई ओट्स दिने गरिन्थ्यो । जुन अहिले ओट्स मिलको रुपमा मानिसले पनि खान थालेका छन्,’ उनी भन्छन्, ‘यसको सेवनले शरीरलाई ऊर्जावान् र बलियो बनाउने गर्छ ।’

    ओट्सलाई होल ग्रेन अन्न मानिन्छ । यसमा प्रशस्त पौष्टिक तत्व हुन्छ । गुल्टेन–फ्री हुनुका साथै राम्रो भिटामिन, खनिज, फाइबर र एन्टिअक्सिडेन्टको राम्रो स्रोत पनि हो ओट्स । हार्डवर्ड टीएच च्यानलको एक अध्ययनअनुसार ओट मिलको सेवनले उच्च रक्तचापको मात्रा कम गर्ने, मुटुरोगको जोखिम कम गर्ने, तौललाई नियन्त्रण गर्न मद्दत पुग्ने, ओट्समा पाइने बिटा–ग्लुकानले विस्तारै खाएको कुरा पचाउन सहयोग गर्छ ।

    त्यसबाहेक आन्द्रालाई सफा गर्ने र यसको कार्यप्रणाली सुधार गर्ने,  जैविक एसिडले  हानिकारक पदार्थलाई बाँध्छ र पाचनप्रणालीबाट हुँदै शरीरबाट बाहिर पठाउन मद्दत गर्ने पनि अध्ययनमा उल्लेख छ । आचार्य पनि सो अध्ययनमा भनेको कुरामा सहमत जनाउँदै ओट्स अन्नहरुमा शक्तिशाली स्वास्थ्यवद्र्धक रहेको बताउँछिन् ।

    उनका अनुसार यसमा प्रशस्त क्यालरी, फाइबर, म्याग्नेसियम, क्याल्सियम, प्रोटिन आइरन, जिंक, सोडियम, भिटामिन बी, भिटामिन ई र पनि राम्रो मात्रामा पाइने हुँदा दिनहुँ खाँदा शरीर स्वस्थ हुन्छ । उनका अनुसार ओट्समा भरपुर मात्रामा पौष्टिक तत्व हुने भएकाले दैनिक डाइटमा सामेल गर्दा खानामा पुग्न नसकेको पर्याप्त तत्त्व ओट्सले पूर्ति गर्ने गर्छ ।

    ओट्सका फाइदा
    ओट्समा  क्यालोरी १६३, प्रोटिन ५ ग्राम, फ्याट ३ ग्राम, कार्बोहाइड्रेट ३२ ग्राम, फाइबर ४.५ ग्राम र सुगर एक ग्राम जति हुने भएकाले यसको दिनहुँ सेवन गर्दा पाचनक्रियालाई स्वस्थ राख्न मद्दत गर्ने, फाइबरले कोलेस्टेरोलको स्तर कम गर्ने, कब्जियत हुन नदिने र यसमा भएको फाइबरले पेट सफा गर्ने पोषणविद् आचार्यको भनाइ छ ।

    ‘ओट्समा पाइने बिटा गुलकोल र भिटामिन, खनिज र प्रोटिनले रोग प्रतिरोधात्मक क्षमता बढाउने, दिनभर ऊर्जावान् राख्ने, हुँदा बिहानको खाजामा समावेश सकिन्छ,’ उनले भनिन्, ’त्यति मात्र नभई ओट्समा हुने उच्च फाइबरको मात्राले रगतमा चिनीको मात्रा घटाउन पनि प्रभावकारी भएकाले मधुमेहका बिरामीका लागि प्रभावकारी हुने गर्छ ।’

    जिम गर्नेहरुको लागि दैनिक खानेकुराको मेन्युमा पनि ओट्स राखिएको हुन्छ । धेरैले यसले वजन कन्ट्रोल गर्छ भन्ने पनि छ । तर ओट्समा बढी क्यालोरी हुने भएकाले यसलाई मात्रा मिलाएर खायो भने मात्र वजन नियन्त्रण हुने आचार्य बताउँछिन् ।

    वैज्ञानिक नाम एभेना स्टाभिया रहेको ओट्स स्कटल्याण्डमा सबैभन्दा पहिले भेटिएको मानिन्छ । यो स्कटल्याण्डको मुख्य खाद्यवस्तु थियो । बिस्तारै विश्वभर फैलिएको ओट्स जुनसुकै खालको माटोमा पनि उब्जन्छ ।

    पोषणविद् आचार्यका अनुसार ओट्सका धेरै प्रकार छन्, ओट ग्रुट्स, ओट ब्रान, आयरिस ओट्स, रोल्ड ओट्स, क्विक ओट्स, इन्स्ट्यान्ट ओट्स,  ओट्स फ्लोअर । ओट्स  खाना मात्र होइन, यो चाँडै तयार पनि गर्न सकिने आचार्य बताउँछिन् ।

    ‘बिहान ब्रेकफास्टको रुपमा ओट्सलाई दूध मिसाएर बिहानको खाजामा खान सकिन्छ । त्यसबाहेक ओट्सलाई सुप बनाएर वा खिचडीलाई दाल र तरकारीसँग बनाउन र खान सकिन्छ । बेलुकी ओट्सलाई दाल वा सुपको रूपमा राति सेवन गर्न पनि सकिन्छ ।’

    तर ग्यास्ट्रिक भएकाहरुले भने खालीपेटमा खान हुँदैन । किनभने यसमा भएको फाइबरको मात्राले झनै ग्यास्ट्रिक बढी गराउने उनी बताउँछिन् ।

    प्याकेटको ओट्स तीन महिनाभित्र खाइसक्नुपर्छ
    धेरै समयसम्म राख्दा बिग्रिने भएकाले प्याकेटमा राखिएको खानेकुरा त्यसमा उल्लेख गरिएको मितिभित्रै खाइसक्नुपर्छ । ओट्सको प्याकेट फुट्दा बिग्रिन सक्ने भएकाले किन्दा, प्याकेट कतैबाट च्यातिएको छैन भन्ने कुरामा ध्यान दिनुपर्छ । ओट्सको प्याकेट खोलेपछि तीन महिनाभित्र खाइसक्नुपर्ने आचार्य सुझाउँछिन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार