बिहीबार , साउन २१ गते २०८३

२०८० सालको विजया दशमी कात्तिक ७ गते, चैते दसैं ८१ सालमा

२०८० सालको विजया दशमी कात्तिक ७ गते, चैते दसैं ८१ सालमा

अखबार दैनिक
बुधबार, फागुन ३ २०७९
  • २०८० सालको विजया दशमी कात्तिक ७ गते, चैते दसैं ८१ सालमा

    वि.सं. २०८० सालमा हिन्दुहरुले मनाउने प्राय: सबै चाडपर्व १५-२० दिन पछाडि सरेका छन्। ८० सालको साउनमा अधिक मास परेकाले यस वर्षका चाडपर्व पछि सरेका हुन्। असार १९ गतेबाट सुरु हुने श्रावण कृष्णपक्ष साउन १ गते सकिन्छ।

    साउन २ देखि १६ गतेसम्म अधिक श्रावण कृष्णमास सुरु हुन्छ। फेरि साउन १७ देखि ३१ सम्म अधिक श्रावण कृष्णपक्ष परेको छ। त्यसपछि फेरि साउन ३२ देखि भदौ १४ सम्म श्रावण शुक्लपक्ष परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।

    ढुंगेलका अनुसार यसरी असार १९ देखि भदौ १४ सम्म एउटै मास पर्न गएकाले यसलाई अधिक मास अर्थात मलमास भन्ने गरिन्छ। यसरी भदौ १४ सम्म तिथिका आधारमा ‘श्रावण मास’ नै परेका कारण नयाँ वर्षका चाडपर्वहरु अघिल्लो वर्षको भन्दा १५-२० दिन पछाडि धकेलिएको उनले बताए। सधैजसो भदौमा पर्ने हरितालिका तीजको व्रत ८० सालमा असोज १ गते परेको छ। २०७९ सालको तीज भदौ १४ मा थियो।

    यस्तै २०८० सालको घटस्थापना असोज २८ गते परेको छ भने फूलपाति कात्तिक ४ र विजयादशमी कात्तिक ७ गते परेको छ। २०७९ सालमा असोज १० गते घटस्थापना, १६ गते फुलपाती र असोज १९ गते विजयादशमी परेको थियो।

    यस्तै नयाँ वर्षको तिहार पनि करिब २० दिन पछाडि धकेलिएको छ। नयाँ वर्षमा भाइटीका कात्तिक २९ गते परेको छ भने यस वर्ष को भाइटीका कात्तिक १० गते थियो।

    यस्तै २०८० सालको छठ पर्व २० दिनपछि धकेलिएर मंसिर ३ गते पुगेको छ।२०८० सालमा चैते दसैं ८१ सालमा पुगेको छ। आगामी चैत १५ गते चैते दसैं बनाइए पनि नयाँ सालमा चैते दसैं गायब भएको छ। मलमासकै कारण २०८० सालको चैते दसैं २०८१ मा पुगेको हो। २०८० को चैत मसान्तमै चतुर्थी तिथि सकिने भएकाले चैत अष्टमीमा मनाइने चैते दसैं २०८१ को वैशाखमा परेको समितिले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार