बिहीबार , साउन २१ गते २०८३

मृत्युलाई जितेर बाँच्न सफल कृष्ण ओली र रुपा मगर दोस्रो सन्तानको आमाबाबु बन्दै (हेर्नुहोस फोटोहरु)

मृत्युलाई जितेर बाँच्न सफल कृष्ण ओली र रुपा मगर दोस्रो सन्तानको आमाबाबु बन्दै (हेर्नुहोस फोटोहरु)

अखबार दैनिक
शुक्रबार, फागुन ५ २०७९
  • मृत्युलाई जितेर बाँच्न सफल कृष्ण ओली र रुपा मगर दोस्रो सन्तानको आमाबाबु बन्दै (हेर्नुहोस फोटोहरु)

    नेपाली समाजको एक उदाहरणीय जोडीको रूपमा चिरपरिचित नाम कृष्ण वली र रूपा मगर हुन। उनीहरू फेरी दोस्रो सन्तानको आमाबाबु बन्न लागेको कुरा रूपा मगरले आफ्नो अफिसियल टिकटक आइडीबाट सेयर गरेकी छिन्।


    मुना मदन एक कारुणिक काब्य हो जसले मुना र मदनको बिछोडको प्रेम कथाको बर्णन गर्छ। मदन पैसा कमाउनको लागि विदेश जान्छर फर्कने क्रममा बाटोमा बिरामी हुन्छ। बिरामी मदनलाई बीच बाटोमै छोडेर उसका साथिहरू आउछन र मदनको मृत्यु भएको कुरा भन्छन्।यो कुराले मुनालाई निकै पिडा हुन्छ। यही पिडा सहन नसकी शोकमै मुनाको मृत्यु हुन्छ।

    उता मदनलाई बाटोमा अलपत्र रूपमा एक जना भोटेले फेला पार्छ। उसले मदनको खुबै स्याहार गर्छ (त्यस बेला मदन यो भन्छ्न् ” क्षेत्रीकाे छोरो यो पाउ छुन्छ घिनले छुदैन,मानिस ठूलो दिलले हुन्छ जातले हुदैन”) र जब मदन निको भएर घर फर्कन्छ, त्यो बेला उसकोपरिवार मुना र आमाको मृत्यु भएको खबर सुनेर ऊ मर्माहत हुन्छ। अनि आफु पनि मर्छ ।

    यसरी कलियुगमा मुना र मदनको परिचय बोकेका प्रेमको आदर्शको रुपमा परिचित प्रेम जोडी हुन् रुपा र कृष्ण । उनीहरुको जीवन कथापनि निकै दर्दनाक छ । रुपा कृष्णको यो जोडी मायाको प्रतिक हो ! कलियुगमा मायाको पाठशालाको रुपमा ग्रहण गर्न सकिन्छ, जोमुना र मदनको भन्दा निकै ओजपूर्ण देखिन्छ । स्वर सम्राट स्वर्गीय नारायण गोपालले त्यसै यो गीत गाएका होइनन, ‘एउटा मान्छेकोमायाले कति फरक पार्दछ जिन्दगीमा’।

    साँचै रुपाको मायाले कृष्णको जिन्दगीमा फरक पारेको छ । रुपाको निश्चल मायाले कृष्णको जीवन फेरिएको सत्य हो । सायद रुपाकोमाया अपुरो हुन्थ्यो भने कृष्ण आज आँशुको भेलमा पौडीरहेका हुन्थे । बेसहारा जीवन बाँचीरहेका हुन्थे । तर, एउटा नारीको मायालेआज धेरै फरक पारेको छ । मायाको प्रति मुर्ति हुन् रुपा र कृष्ण । मायामा धोका खानेहरुका लागि रुपा र कृष्णको जिन्दगी एउटापाठशाला हो ।

    २१ वर्षका कृष्ण अनि २० वर्षकी रुपा । यी यिनै जोडी हुन् जुन अहिले भाइरल छन् । भाइरलको कारण कृष्णप्रतिको रुपाको प्रेमसमर्पण । दुर्घटनामा परेर दुई हात र एक खुट्टा गुमाए । उमेरमै श्रीमान् यस्तो कहालीलाग्दो दुर्घटनामा परे पनि रुपाको कृष्णप्रतिकोप्रेमभाव हटेन, थप बढ्यो । यी दुवै जोडीको कथाले धेरैको मन पगाल्यो ।

    बिहेको दिनकै भोलीपल्ट कृष्णको २ हात र १ खुट्टा काटियो । अनि रुपालाई आफन्तले अर्कैसँग बिहे गरेर जा भने तर हात खुट्टागुमाएका कृष्णलाई एक्लै छोडेर रुपा कतै जान सकिनन् । बरु कृष्णसंगै जिउने र मर्ने रुपाले कसम खाईन । त्यसपछिको उनीहरुकोकठिन जीवन संघर्षले नयाँ मोड लियो । फलस्वरुप आज कृष्णले हातखुट्टा पाए । ३७० दिनको कठोर संघर्ष र रुपाको प्रगाढ माया भित्रविश्वभर रहेका मनकारी सहयोगी दाताहरुको कारण आज कृष्णले नयाँ हात र खुट्टा पाएका छन् ।

    ३७० दिनको कठोर सङ्घर्ष पछि कृष्ण ओली आफ्नै खुट्टाले हिडन थालेका छन् । दुख र पिडाको बीचको उनीहरुको जीवनले नयाँ मोडलिनुमा संचारकर्मी तथा कलाकार शिशिर योगीलाई श्रेय जान्छ । सायद यो घटना उनले बाहिर ल्याउदैनथे भने कृष्णले नयाँ हात र खुट्टापाउने थिएनन् होला । यतिबेला रुपा मगर र कृष्ण ओलीको बैबाहिक जीवनले २ वर्ष पार गरेको छ । त्यहि वर्षगांठको उपलक्ष्यमाशिषिर भण्डारीले कृष्ण र रुपाको कारण आफू पनि भाग्यमानी भएको बताए । ‘कृष्ण भन्छन्, ‘जब, हात खुट्टा जले त्यो सँगै हामीलेबुनेका सपना पनि जले ।’ उनले पुलुक्क रुपातिर हेरे ।

    दुर्घटनामा उनको बायाँ हात पूरै जल्यो । बायाँ खुट्टा, दायाँ हात र खुट्टामा पनि करेन्ट लाग्यो । उनी केही बेर बेहोस भएछन् । ब्युझिँदावरिपरि साथीहरु त थिए तर आत्तिएर एम्बुलेन्स बोलाउने भेउ नै पाएनछन् । कृष्ण आफैँले फोन गरेर एम्बुलेन्स मगाए । दाङमा नजिकउनको उपचार सम्भव हुने अस्पताल थिएन । उनी पुगे भारतको लखनउ । दुर्भाग्य, त्यहाँ पुग्दा धेरै ढिला भइसकेको थियो । समयमै पुगेकोभए उनको एक हात मात्रै गुम्थ्यो, इन्फेक्सनका कारण उनले दुवै हात र बायाँ खुट्टा पनि गुमाए । काठमाडौँमा बसेर नर्सिङको वृजकोर्षगरिरहेकी रुपाले कृष्णलाई लखनउ अस्पतालमा पु¥याएको सुनेपछि बोल्नै सकिनछिन् ।

    म त पूरै ब्ल्याङ्क थिए’, रुपाले भनिन्, ‘के गर्ने के नगर्ने भन्ने पत्तो नै पाइनँ । परिवारमा ऋण धन गरेर अस्पताल पुगेँ । जब उसलाई देखेँझन् बढी माया लागेर आयो । धैर्य गुमाउनु हुन्न भन्ने भयो ।’ १८ दिन लखनउको अस्पतालमा बसेर फर्किएपछि पैसाको अभाव सुरु भयो। उपचार जारी नै थियो । कमाउने व्यक्ति ओच्छ्यान परिसकेका थिए । उनीहरुको अवस्थाबारे शिषिर भण्डारीले भिडियो बनाएरयुट्युबमा अपलोड गरिदिए । मनकारी नेपालीले उनलाई उपचार खर्चको जोहो गरिदिए ।

    कृष्ण रुकुममा जन्मिए रुपा काभ्रेमा । जन्मस्थान फरक भए पनि व्यवहार भने दुवैको उस्तै प¥यो । दुवैका बुबाले आमालाई छाडे ।आमाले उनीहरुलाई । दुवैले मामाघर बसेर पढ्नु पर्यो । रुपाले मकवानपुरमा रहेको मामाघरमा केही समय बसेर पढिन्, कृष्णकाठमाडौंमा रहेको मामाघरकै हजुरआमासँग बसे । दुवैको भेट जनसेवा माध्यमिक विद्यालय कीर्तिपुरमा भयो । दुवैको कक्षा एउटैभएपनि सेक्सन भने फरक थियो । बिस्तारै दुवै नजिकिँदै थिए । उनीहरु भेट भएको बेला आफ्ना घरपरिवारका कुरा गर्थे ।

    सुरुमा त म अचम्मैमा परेको घरको कथा उही,’ रुपाले भनिन्, ‘आमाबाको अवस्था पनि उही सायद त्यसैले हामीलाई नजिक बनायो ।’ २०७० को अन्तिमतिर उनीहरु घुम्न कीर्तिपुरको डाँडामा गएका थिए । त्यहीँ उनीहरुले जीवन सँगै बिताउने वाचा गरे । रुपाले कक्षा ११ र१२ मा होटल म्यानेजमेन्ट पढिन् भने कृष्णले सिभिल इन्जिनियर पढे । दुवैको पढाइ मध्यमस्तरको । उमेर किशोर काल मात्र पार गरेकोथियो, डेढ वर्षअगाडि रुपाको मामाघरमा विवाहको कुरा चल्यो । उनले सकेसम्म छल्ने कोसिस गरिन् तर सकिनन् । आखिरमा जोसँगमन साटिएको थियो उसैसँग भागिन् ।

    रुपाको घरमा क्रिश्चियन धर्म मान्ने । कृष्णको हिन्दू धर्म । दुवैको जात पनि फरक । जातले त त्यत्ति असर पारेनछ तर रुपाको परिवारलेधर्मबारे भने निक्कै कचकच गरेछन् । दुवैले विवाह गरिसकेपछि एउटा सपना बुने । कृष्ण सिभिल इन्जिनियरको काम गर्र्दै रहने । रुपालेनर्सिङ पढ्ने र अस्ट्रेलिया जाने । तर जसै कृष्णको दुर्घटना भयो सपना फेरियो ।

    उसले छात्रवृत्तिमा नाम पनि निकालेकी थिइन्,’ कृष्णले रुपातिर हेर्दै भने, ‘मैले त पढ्न जाउ मलाई हजुरआमाले हेरिहाल्नुहुन्छ भनेको थिएँ। तिमीलाई छोडेर जान्न भनेर मान्दै मानिनन् ।’ कृष्णलाई भने कतै मेरो कारण उनको जिन्दगी त बर्बाद भइरहेको छैन भन्ने लाग्दो रहेछ ।‘मैले गर्दा तिम्रो जीवन बर्बाद भयो भन्ने गर्छु,’ कृष्णले भने, ‘उनी म जे गर्छु तिम्रो साथमा गर्छु छोडेर जा नभन्नु भन्छिन् ।’ दुर्घटनापछिकृष्णको शारीरिक अवस्था फेरियो । रुपालाई यही बेला मन भड्काउने प्रयास पनि भएछ ‘यसरी त कति समय सँगै बस्न सकिन्छ र’ भन्दै। उमेर भर्खरै । जीवन सुरु नै नहुँदा आएको आपत थेग्न सक्दिन भन्ने पनि रहेछन् ।

    ‘धेरैले मलाई छाडेर जान्छे होला भनेछन् । कसैले अप्रत्यक्ष रुपमा अर्काे विवाह गर्ने भने, ‘रुपाले भनिन्,‘ छोड्ने त के, एकछिन पनि ऊबाट टाढा हुनै सक्दिन । उसको हात खुट्टा नभए पनि मलाई माया गर्ने मन त छ । मलाई रुपा भनेर बोलाउने बोली उस्तै छ । मायालुनजरले हेर्ने बानी उस्तै छ ।’

    कृष्ण भने विरक्तका देखिए । मन सम्हाल्नु पनि कसरी । सग्लो शरीर त्यस्तो भएपछि । तर सहनुको अर्को विकल्प पनि छैन । ‘हरेककाम उसैलाई गराउनुपर्दा साह्रै नरमाइलो लाग्छ,’ कृष्णले भने, ‘शरीर चल्न छाडेपछि दिमाग बढी चल्दो रहेछ । रुपा नजिकै भए पनिकहिलेकाहीँ ह्याङ्गरमा भएको ज्याकेट कसरी झिक्ने होला भनेर सोचिरहेको हुन्छु । आफैँ गएर झिक्न कोसिस गर्छु । तर सक्दिन ।’

    ‘राति ढोका नलाई सुत है भन्छु । दुवै केटाकेटी छन्, ‘कृष्ण बोल्दाबोल्दै उनकी हजुरआमाले भनिन्, ‘रुपा दिनभरि काम गर्दा थाकेकी हुन्छे। राति ओढ्ने फाल्छन् । अनि म गएर ओढाइदिन्छु ।

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार