आइतबार, वैशाख २२ गते २०८२

खसीको मासुबाट हुने नकारात्मक असरलाई घटाउने उपाय

खसीको मासुबाट हुने नकारात्मक असरलाई घटाउने उपाय

अखबार दैनिक
आइतबार, असार १० २०८०
  • खसीको मासुबाट हुने नकारात्मक असरलाई घटाउने उपाय

    खसीको मासुबाट हुने नकारात्मक असरलाई विभिन्न उपायले घटाउन सकिन्छ। खसीको छालामुनि पट्टिको भागमा ज्यादा फ्याट हुने भएकाले हटाउनु उपयुक्त हुन्छ। कुन अंग र भागको मासु हो, त्यसले पनि फ्याट निर्धारण गर्छ। तिघ्राको मासुमा फ्याट कम हुन्छ। ढाड र करङमा भने बढी हुन्छ। कलेजो, मिर्गौला, आन्द्रामा पनि फ्याट बढी हुन्छ। तसर्थ कुन भागमा फ्याट कम हुन्छ, त्यसतर्फ जोड दिनुपर्छ।

    images

    फ्याट बढी भएको भाग नकिन्ने वा प्रयोग नगर्ने उपाय उपयुक्त हुन सक्छ। बोसो भएको भाग खाँदै नखानु नै राम्रो हो।

    तेलको प्रयोग कम गर्ने अर्को उपाय हो। मासुमा नै चिल्लो पदार्थ ज्यादा हुने भएकाले त्यसमा हाल्ने तेल र नुनलाई कम गर्न सकिन्छ। पकाउने क्रममा मासुबाट निस्कने चिल्लो पदार्थलाई फ्याँक्न सकिन्छ। मासु पकाएर बाँकी रहेको तेल अर्को पटक प्रयोग गर्नु हुँदैन। खाना पाकेपछि मासुको फ्याट ‘ग्रेभी’मा जान्छ। प्रायः सबैलाई त्यही झोल नै सबैभन्दा मीठो लाग्छ। तर, गे्रभी सकेसम्म कम खानु राम्रो हो।

    मासुजन्य परिकार खाँदा साग र सलादहरु ज्यादा प्रयोग गर्नुपर्छ। पेटमा मासु सँगसँगै फाइबर पनि पुग्यो भने त्यसले कोलेस्टेरोल शोषणलाई रोक्छ। मासु खाएपछि केही फलफूल पनि लियौँ भने तिनका फाइबरका कारण शरीरमा नकारात्मक असर नियन्त्रण हुन्छ। फाइबरको अनुपात मिलाएमा सामान्य अवस्थामा भन्दा दोब्बर मासु खाए पनि त्यसले खासै असर गर्दैन।

    मासु किन्नेदेखि, काट्ने, छान्ने, पकाउने र खाने बेलासम्म पनि सन्तुलन मिलाएको खण्डमा खराब कोलेस्टेरोलको असर रोक्न सकिन्छ। दशैँमा साग र सलाद खानै हुँदैन भन्ने सोच त्याग्नुपर्छ। त्यसैगरी मासुपछि डेजर्टका रूपमा मिठाईको साटो फलफूल प्रयोग गरेमा फाइदा हुन्छ। हामी मासु खान सक्छौँ। तर, विभिन्न चरणमा त्यसको नकारात्मक असरलाई न्यूनीकरण गर्दै जाने हो भने ज्यादा हितकर हुने देखिन्छ।

    कसले सावधानी अपनाउने ?
    कोलेस्टेरोल, मोटोपन, युरिक एसिड र ग्यास्ट्रिकको समस्या हुनेले मासुको प्रयोग कम र ज्यादा होसियारीपूर्वक गर्नुपर्छ। खसी वा अरू रातो मासुभन्दा कुखुराको मासु राम्रो हो। धेरैमा यसले कोलेस्टेरोल बढाउँदैन भन्ने भ्रम छ। तर, यथार्थमा जुनसुकै जनावरजन्य उत्पादनले कोलेस्टेरोल बढाउँछ। खसीभन्दा माछा राम्रो हो। तर, त्यसलाई पनि तेलमा ज्यादा पकाएर खानुको साटो माइक्रोओभनमा ‘ग्रिल’ गरेर खानु राम्रो हो। स्वास्थ्यकर मासु पनि पकाउने विधि सही भएन भने अस्वास्थ्यकर हुने खतरा रहन्छ। कोलेस्टेरोल बढी हुनेले अण्डाको पहेँलो भाग खानु हुँदैन। स्वस्थ व्यक्तिले सातामा दुईवटा अण्डामात्रै खानु उपयुक्त हुन्छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार