सोमबार, वैशाख ३० गते २०८२

भुवन केसीले साम्राज्ञीसँग मुद्दा हारेपछि जियाले भनिन्– ‘भुवनलाई गाली आयो, बाँच्न मन छैन’

भुवन केसीले साम्राज्ञीसँग मुद्दा हारेपछि जियाले भनिन्– ‘भुवनलाई गाली आयो, बाँच्न मन छैन’

अखबार दैनिक
शुक्रबार, असार २९ २०८०
  • भुवन केसीले साम्राज्ञीसँग मुद्दा हारेपछि जियाले भनिन्– ‘भुवनलाई गाली आयो, बाँच्न मन छैन’

    काठमाडौं। अभिनेता भुवन केसीलाई आफ्ना कारणले गाली आएको बताउँदै जिया केसीले ‘बाँच्न मन नभएको’ भन्दै गुनासो पोखेकी छिन्। बुधबार मध्यरात १ बजे टिकटकमा लाइभ आएकी भुवनकी प्रेमिका जिया केसीले भुवन केसीले गाली खाएको देख्न नसकेको बताइन्।

    images

    अभिनेत्री साम्राज्ञी शाहले आफूमाथि भुवन केसीले शोषण र दुर्व्यवहार गरेको आरोप लगाएपछि भुवन केसीले मानहानि मुद्दा हालेका थिए। सो मुद्दामा भुवन केसीले हारेपछि फेरि पनि गाली आइरहेको छ।

    त्यसबारे जियाले भनिन् ‘‘मलाई यो विषयमा बोल्न त मन थिएन। तर, कतिपय कुराहरू नबोलाैँभन्दा पनि बोल्न बाध्य हुनुपर्दो रहेछ। सामाजिक सञ्जाल हेरेँ। भुवन केसीले गाली खाएको देखेँ। त्यो देखेर एकदमै दुःख लाग्यो।’’

    भुवनले आफ्ना कारणले गाली खानु परेको उनको आशय छ। ४० वर्षदेखि चलचित्र क्षेत्रलाई ज्यान दिएको व्यक्तिलाई तथानाम गाली र बेइज्जती आउँदा आफूलाई दुःख लागेको उनले बताएकी छिन।

    धेरै गाली आएपछि सहन नसकेर भुवनले अदालतमा केस दर्ता गरेको जियाको भनाइ छ । उनले भनेकी छिन्, ‘‘मिडियामा तथानाम गाली गर्ने अनि अदालत पुगेपछि भने मैले उहाँलाई भनेकै होइन भन्ने ? ४ दशक चलचित्र क्षेत्रमा योगदान दिएको व्यक्तिलाई तथानाम गाली र बेइज्जती आउँदा कस्तो हुन्छ होला ? त्यहीँ पनि मेरो कारणले । आज मलाई एकदमै नराम्रो लागिरहेको छ । म एकदमै दुःखी छु । म त आत्महत्या गर्छु होला जस्तो अनुभव गरिरहेकी छु।’’

    अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले आफूमाथि भुवन केसीले शोषण र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। भुवन केसीले २०७७ साउन ९ गते १० करोड क्षतिपूर्ति माग गर्दै गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए।

    केसीले दायर गरेको मुद्दामा तीन वर्षपछि काठमाडौं जिल्ला अदालतले दाबी नपुग्ने फैसला गरेको छ। केसीले मुद्दा हारेका छन्। फैसलापछि सामाजिक सञ्जालमा साम्राज्ञीप्रति सहानुभूति र भुवनप्रति आलोचना आइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ