सोमबार, कात्तिक २६ गते २०८२

काठमाडौँकै विद्यालयमा छैन खेलमैदान, कक्षाकोठाभित्रै घुम्छ फुटबल

काठमाडौँ । विद्यालयको घडीमा बिहानको १० बजेपछि टिनिनी घन्टी बज्छ । बालबालिका विद्यालय बाहिरै गर्नुपर्ने प्रार्थना पनि नगरी कक्षा कोठाभित्र छिर्छन् । कक्षाकोठामा बेञ्चमै उभिएर गाउँछन् उनीहरुले राष्ट्रिय गान पनि ।