शनिबार, असार २९ गते २०८२

दलित ढोग्न आउँदा ‘अछूत’ भनेर छुनबाट रोक्ने अतिवादी’ धर्मगुरुलाई चौधरी ग्रुपले नेपाल ल्याउँदै

दलित ढोग्न आउँदा ‘अछूत’ भनेर छुनबाट रोक्ने अतिवादी’ धर्मगुरुलाई चौधरी ग्रुपले नेपाल ल्याउँदै

अखबार दैनिक
आइतबार, साउन २८ २०८०
  • दलित ढोग्न आउँदा ‘अछूत’ भनेर छुनबाट रोक्ने अतिवादी’ धर्मगुरुलाई चौधरी ग्रुपले नेपाल ल्याउँदै

    काठमाडौं। जातीय छुवाछुतलाई दुरुत्साहन र धार्मिक विद्वेष फैलाउँदै आएका भारतीय ‘धर्मगुरु धीरेन्द्रकृष्ण शास्त्री’लाई व्यापारिक घराना चौधरी ग्रुपले नेपाल ल्याउने भएको छ।

    images

    भूत–प्रेत हुने र त्यसको उपचार आफूले गर्दै आएको भनेर अन्धविश्वास फैलाएर भक्तजन ठग्दैआएका धीरेन्द्रकृष्णलाई पूर्वी नवलपरासीको दुम्कौलीमा रहेको शाश्वत धाममा ल्याउन लागिएको हो।

    धीरेन्द्रकृष्णले कथावाचन गर्दा मञ्चमै आफूलाई ढोग्न आएकालाई ‘अछूत’ भनेर छुनबाट रोकेका केही भिडिओ समेत सार्वजनिक भएका छन्। आदिवासी समुदायलाई ‘जङ्गली’ भनेको घटना पनि सार्वजनिक भएका छन्।

    धार्मिक सहिष्णुता कायम रहेको नेपालमा यस्ता विवादास्पद व्यक्तिलाई कथा वाचन गराउन सत्तारूढ कांग्रेसका सांसदसमेत रहेका उद्योगी विनोद चौधरीको समूहले निम्त्याएको हो।

    चौधरी ग्रुप एवं सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीको निमन्त्रणामा तीनै विवादास्पद व्यक्ति धीरेन्द्रकृष्ण भदौ २, ३ र ४ मा शाश्वत धाममा कथा वाचन गर्न आउने भएका व्यवस्थापक अशोक घर्तीले बताए।

    धीरेन्द्रकृष्णको अराजकता यति मात्रै सीमित छैन, उनी आफूलाई धर्मगुरु भन्दै धार्मिक सभामा भक्तजनको भूतप्रेत भगाउने भन्दै उपचार गर्न बोलाउँछन्। उनको सभामा ‘भूत–प्रेतलाई मानिसको शरीरबाट निकाल्ने भन्दै भक्तजनमाथि दुर्व्यवहारसमेत हुनेगर्छ।

    हिंसा भड्काउने खालका घृणास्पद अभिव्यक्ति दिएकै भरमा उनी भारतको केही ठाउँमा चर्चित छन्। ‘हिन्दूस्तानमा रहना है तो सीताराम कहना है’ अर्थात् ‘भारतमा बस्ने हो भने भजन गाउनुपर्छ’ भन्दै धार्मिक विद्वेष फैलाउँदै आएका छन्।

    उनले ‘मुस्लिमलगायत अन्य समुदायलाई भारतबाट लखेट्नुपर्छ’ भन्दै सद्भाव बिथोल्ने दुष्प्रयास गर्दैआएका छन्। त्यही कारण धीरेन्द्रकृष्णलाई अतिवादी हिन्दूहरूले साथ दिएका छन्।

    गत मेमा पटनामा आयोजित धीरेन्द्रकृष्णको सभा रोक्न भन्दै स्थानीले माग गरेका थिए। त्यहाँकै सत्तारूढ दलका नेताहरूले विरोध गरेको थिए । त्यसका बाबजुद पनि सभा चलेको थियो।

    धीरेन्द्रकृष्णजस्ता कट्टर धार्मिक मतका प्रवर्तकले प्रवचन दिँदा नेपालमा पनि विभाजक र विखण्डनकारी, जातीय धार्मिक विद्वेष फैलने खतरा रहेको समाजशासास्त्रीहरू बताउँछन्।

    उनीहरू भन्छन्, ‘‘जातीय छुवाछूत गर्ने, तोकेरै हिन्दुबाहेक अरूलाई मानिस नगन्ने, जातीय छुवाछुत गर्ने मानिस समाज विभाजक शक्ति हो, हाम्रो शान्त र सहिष्णु समाजलाई असर पार्ने गरी यस्ता विवादित व्यक्तिलाई ल्याउनु आपत्तिजनक मात्र होइन, गैरसंवैधानिक पनि छ ।’’

    धीरेन्द्रकृष्ण भदौ १ मा नेपाल आएर पशुपतिनाथको दर्शनपछि नवलपुर पुग्ने तयारी छ । उनी कथा वाचन अवधरिभर चौधरी ग्राम परिसरमै बस्नेछन् । शाश्वत धाम चौधरी समूहको उद्योग ग्राम परिसरमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ