सोमबार, भदौ १५ गते २०८३

‘हात्तीछाप’ टिजर : उपासनाको प्रेममा दयाहाङ देखिँदा  सौगातको राजा अवतार

‘हात्तीछाप’ टिजर : उपासनाको प्रेममा दयाहाङ देखिँदा  सौगातको राजा अवतार

अखबार दैनिक
सोमबार, मंसिर १८ २०८०
  • ‘हात्तीछाप’ टिजर : उपासनाको प्रेममा दयाहाङ देखिँदा  सौगातको राजा अवतार

    काठमाडौंँ । दयाहाङ राई र सौगात मल्ल अभिनित नयाँ फिल्म ‘हात्तीछाप’को टिजर सार्वजनिक भएको छ । फिल्मको सटिजरमा माया–प्रेम, राजनीतिक र कमेडी बिषयले प्राथामिकता पाएको छ ।
    फिल्म ‘२ नम्बरी’को सफलतापछि सोही टिमले फिल्म निर्माण गरेको हो । टिजरमा फिल्मका अधिकांश कलाकार अटाएका छन् ।

    फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, वुद्दि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारि, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेल, रिजोन परियार, अनिषा अधिकारी लगायतको अभिनय छ ।

    सिमोस सुनुवार निर्देशित फिल्ममा प्रदीप भारद्धाजको लेखन, निमेष श्रेष्ठको सम्पादन, सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी छ ।

    माघको २६ गतेबाट रिलिज हुने फिल्म रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् । फिल्ममा अमलादेवी राई, पुष्कर गुरुङ र जय श्रेष्ठ निर्माताको रुपमा छन् । फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् । फिल्मलाई नेपालमा रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् भने विदेशमा यो फिल्मलाई एमएसएम पोष्ट प्रोडक्शनले वितरण गर्नेछ ।  

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ