बिहीबार , जेठ ३ गते २०८२

लगातार तीन दिन ‘हेर्न नभ्याइने’ सूचीमा परेको एनसेल सम्बन्धी रिट न्यायाधीश सुवेदीको इजलासमा

लगातार तीन दिन ‘हेर्न नभ्याइने’ सूचीमा परेको एनसेल सम्बन्धी रिट न्यायाधीश सुवेदीको इजलासमा

अखबार दैनिक
बुधबार, मंसिर २७ २०८०
  • लगातार तीन दिन ‘हेर्न नभ्याइने’ सूचीमा परेको एनसेल सम्बन्धी रिट न्यायाधीश सुवेदीको इजलासमा

    काठमाडौँ । एनसेलको सेयर बिक्री रोक्न माग गर्दै प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा पेसी तोकिएको छ ।

    images

    सांसद सिंहले शुक्रबार दायर गरेको रिट निवेदनमा पेसी तोकिएको बुधबार चौथो पटक हो । यसअघि आइतबार, सोमबार र मंगलबार पेसी तोकिएर पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

    आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा र सोमबार न्यायाधीश विनोद शर्माको एकल इजलासमा र मंगलबार प्रकाशकुमार ढुंगानाको इजलासमा पेसी तोकिए पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

    नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी रिट निवेदनमा गरिएको छ । सांसद सिंहले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ