बिहीबार , जेठ ३ गते २०८२

धनकुटामा केपी ओलीमाथि हातपात

धनकुटामा केपी ओलीमाथि हातपात

अखबार दैनिक
बिहीबार , मंसिर २८ २०८०
  • धनकुटामा केपी ओलीमाथि हातपात

    मोरङ : नेकपा एमाले अध्यक्ष केपी ओलीलाई धनकुटाको लेगुवामा एक व्यक्तिले आक्रमण गरेका छन्। संकल्प अभियानको क्रममा धनकुटा र भोजपुरको बीचमा पर्ने लेगुवा पुगेका एमाले अध्यक्ष ओलीलाई ती व्यक्तिले आक्रमणको प्रयास गरेका हुन्।

    images

    फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले ओलीलाई आक्रमण गरेका हुन्। उनको आक्रमणलगत्तै एमाले कार्यकर्ताले ती व्यक्तिलाई कुटपिट गरेका थिए। 

    महालक्ष्मी-५ धनकुटाका महेश राईले ओलीलाई आक्रमण गरेका हुन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। ओलीमाथि भएको आक्रमणको विषयमा प्रहरीले भने औपचारिक रुपमा कुनै जानकारी दिएको छैन।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ