सोमबार, भदौ १५ गते २०८३

‘सक्किगो नि’ ले बनायो बालकुमारी घटनामा आधारित विशेष एपिसोड, फिल्म निर्माणको घोषणा गर्दै

‘सक्किगो नि’ ले बनायो बालकुमारी घटनामा आधारित विशेष एपिसोड, फिल्म निर्माणको घोषणा गर्दै

अखबार दैनिक
शुक्रबार, पुस २० २०८०
  • ‘सक्किगो नि’ ले बनायो बालकुमारी घटनामा आधारित विशेष एपिसोड, फिल्म निर्माणको घोषणा गर्दै

    काठमाडौं । कोरियाली भाषा परीक्षालाई लिएर भएको प्रदर्शनमा पुस १३ गते बालकुमारीमा दुई युवाले ज्यान गुमाएको विषयलाई हास्य टेलिफिल्म ‘सक्किगो नि’ले विशेष एपिसोड बनाएको छ ।

    लोकप्रिय टेलिभिजन सिरिज ‘सक्किगो नि’ले मुलुक नै स्तब्ध भएको उक्त घटनामा आधारित रहेर बिहीबारको पछिल्लो एपिसोड ल्याएको छ ।

    एभरेस्ट हेडलाइन्स डिजिटल (इएच डिजिटल) को युट्युबमा सार्वजनिक भइरहेको तेस्रो सिजनको ‘सक्किगो नि’को यो पछिल्लो एपिसोडको भ्यूज बढिरहेको छ ।

    दलालको फन्दामा परेर अवैध बाटो हुँदै विदेशिन बाध्य युवाको नियति, रोजगारी माग्दा दमनमा उत्रिने राज्यको प्रवृत्ति र नागरिकमा बढ्दो वितृष्णाको कथामा उक्त सिरिज बनेको हो ।

    यो एपिसोडमा रमेश बुढाथोकी नेताको भूमिकामा देखिएका छन् । आन्दोलनकारी युवाको भूमिकामा कुमार कट्टेल जिग्रीलगायत प्रस्तुत भएका छन् ।

    सिरिज निर्देशक, लेखक र कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले बालकुमारी घटनालगत्तै सिरिज बनाउने आफूहरूको योजना रहेकोले त्यही अनुसार गरिएको बताए । घिमिरे भन्छन्, ‘‘गम्भीर एपिसोड बनाऊँ भनेर बनाएका हौँ । यस्तो बेला नागरिक आवाज बोल्ने हाम्रो दायित्व पनि हो ।’’

    पछिल्लो समय हास्यश्रृंखलाको ‘क्वान्टिटी’ बढेको छ । तर, ‘क्वालिटी’ नबढेको दर्शकको गुनासो छ । यो अवस्थामा ११ जेठ देखि तेस्रो सिजन सुरु गरेको हास्यश्रृंखला ‘सक्किगोनि’ दर्शकको रोजाइमा ‘नम्बर वान’मा पर्दैआएको छ । ‘सक्किगो नि’ टिम फिचर फिल्म निर्माणको तयारीमा जुटेको छ । माघमा फिल्मको घोषणा गर्ने तयारी छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ