सोमबार, भदौ १५ गते २०८३

विपिन र मिरुनाको ‘ऊनको स्वीटर’ को टाइटल गीत सार्वजनिक

विपिन र मिरुनाको ‘ऊनको स्वीटर’ को टाइटल गीत सार्वजनिक

अखबार दैनिक
बिहीबार , फागुन ३ २०८०
  • विपिन र मिरुनाको ‘ऊनको स्वीटर’ को टाइटल गीत सार्वजनिक

    काठमाडौंँ । करिब ६ महिनाअघि फिल्म ‘ऊनको स्वीटर’ घोषणा गर्दा सार्वजनिक गरिएको टाइटल गीतको सानो अंश धेरैको मनमा बसेको थियो । गायक सुजन चापागाईंको स्वर र संगीत रहेको गीतको पूर्ण अंश पर्खनेहरूको प्रश्न थियो, ‘फूल गीतचाहिँ कहिले आउँछ ?’

    आर्टमान्डूले गीतको पूरा अंश ‘फूल’ शीर्षकमा सार्वजनिक गरेको छ । गीतमा हर्क साउदका छन् । गीतको भिडियोलाई मोसन ग्राफिक्समार्फत् प्रस्तुत गरिएको छ । मोसन ग्राफिक्सले फिल्मका मुख्य पात्रको प्रेमकथाको केही अंश प्रस्तुत गर्छ ।


    अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको प्रेमिल भाव सुन्दर तरिकाले चित्रण गरिएको छ । भिडियोमा तन्नेरी अवतारमा देखिएका विपिन र मिरुना लेकको गोठमा प्रेमालाप गरिरहेका देखिन्छन् । लेकको गोठ काठमाडौँमा सेट खडा गरेर तयार पारिएको हो ।
     
    ‘ऊनको स्वीटर’ नवीन चौहानले निर्देशन गर्न लागेका हुन् । चौहानले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।

    फिल्ममा विपीन र मिरुनाको अलवा माओत्से गुरुङ, अनिल सुब्बा, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश  लामा, प्रकाश बस्नेत,  लक्ष्मी योङहाङ, नरेश लावती लगायतका कलाकारको अभिनय रहनेछ । 

    निर्देशक चौहानकै लेखन रहेको फिल्ममा गायक सुजन चापागाईं र कम्पोजर कोविद बज्रले संगीत दिएका छन् । वैशाखबाट फ्लोरमा जाने फिल्म पाँचथरमा खिचिनेछ । आर्टमान्डूका अनुसार फिल्म यो वर्षको शरद ऋतुमा प्रदर्शन गर्ने लक्ष्य छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ