सोमबार, भदौ १५ गते २०८३

­­सावित्रा परियारको धुनबिनाको गीतले पाएको नयाँ जीवन

­­सावित्रा परियारको धुनबिनाको गीतले पाएको नयाँ जीवन

अखबार दैनिक
शुक्रबार, फागुन ११ २०८०
  • ­­सावित्रा परियारको धुनबिनाको गीतले पाएको नयाँ जीवन

    ‘म यति रोइछैन

    रुँदा दिल बुझाउने कोही छैन

    घरैमुनि सल्लेरीको वन…’

    गुल्मीकी सावित्रा परियारलाई के थाहा, मेलापर्वमा उनले गाउने धुनबिनाको यो गीत कुनैबेला लोकप्रिय हुन्छ भनेर । गाउँपाखामा उनले गाएको यो भाखाले नयाँजीवन पाएको छ । धुन हालेर सार्वजनिक गरिएको यो मर्मस्पर्शी गीत युट्युब ट्रेन्डिङको पाँचौं स्थानमा छ ।

    शिव हमालको संगीतमा सावित्राको त्यो अर्गानिक गीतले पूर्णता पाएको छ । चार दिनमै गीतको अडियो संस्करणलाई दुई लाख ८४ हजार पटक हेरिएको छ । सावित्रा र यो गीत टिकटक र रिल्समा भाइरल छन् ।

    सानैदेखि गायिका बन्ने सपना देखेकी सवित्राले गतसाता सामाखुसीको वान डीबी स्टुडियोमा गीत रेकर्ड गरिन् । पहिलोपटक काठमाडौं आएकी उनको सपना अब यतै बसेर कलाकारितालाई निरन्तरता दिने हो । यसका लागि उनलाई थुप्रै सहयोगी हातले साथ दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ