सोमबार, भदौ १५ गते २०८३

यस्तो छ ‘उपहार’को ‘कहिले बार बिर्सिन्छु’ गीत

यस्तो छ ‘उपहार’को ‘कहिले बार बिर्सिन्छु’ गीत

अखबार दैनिक
बिहीबार , फागुन १७ २०८०
  • यस्तो छ ‘उपहार’को ‘कहिले बार बिर्सिन्छु’ गीत

    काठमाडौँ । अभिनेत्री रेखा थापाको निर्माण, अभिनय रहेको फिल्म ‘उपहार’ यही फागुन २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै फिल्मको नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक भएको छ । 

    अञ्जु पन्त र साइराज खातीको स्वर, अर्जुन पोखरेलको संगीत र इन्दिरा अधिकारीको शब्द रहेको गीतमा रेखाको अभिनय छ । गीतमा रेखाको जोडी अभिनेता मुकुन भुषाल बनेका छन् । गीतमा रेखा र मुकुनको अलवा समर्पण जंग कार्की र पूजा शर्मा, तेज गिरी र बेनिशा हमाल पनि देखिएका छन् ।

    रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको पनि अभिनय छ ।

    बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ