बुधबार, भदौ २६ गते २०८२

गाजामा ६ हप्ताका लागि युद्धविराम गर्न इजरायल सहमत

गाजामा ६ हप्ताका लागि युद्धविराम गर्न इजरायल सहमत

अखबार दैनिक
आइतबार, फागुन २० २०८०
  • गाजामा ६ हप्ताका लागि युद्धविराम गर्न इजरायल सहमत

    इजरायल र हमासबीच गाजामा जारी युद्ध ६ हप्ताका लागि रोक्न इजरायल तयार भएको छ। तर यसलाई औपचारिकता दिने कि नदिने हमासको हातमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

    अमेरिकी एक वरिष्ठ अधिकारीका अनुसार शनिबार भएको छलफलपछि इजरायल युद्धविराम गर्न तयार भएको हो। प्रस्तावका अनुसार गाजामा ६ हप्ताको युद्धविरामसँगै हमासले बिरामी, घाइते, वृद्धवृद्धा र बन्धक बनाएका महिलालाई पनि रिहा गर्नुपर्ने छ। यस विषयमा हमासले भने कुनै प्रतिक्रिया दिएको छैन। 

    गाजामा इजरायल र हमासबीच पाँच महिनादेखि द्वन्द्व चलिरहेको छ। अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणपछि शुरू भएको युद्धमा ३० हजारभन्दा बढी मानिसको ज्यान गएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ