आइतबार, भदौ १४ गते २०८३

संकट सँगै समुन्नत तर्फ लम्कने बाटो

संकट सँगै समुन्नत तर्फ लम्कने बाटो

अखबार दैनिक
बिहीबार , वैशाख ११ २०७७
  • माधव पराजुली पुरुषः पासपोर्ट हरियो घर धानेर बसहै प्यारी आफु त मुग्लानी परियो महिलाः पासपोर्ट हरियो कस्तो दिनमा प्रदेशी मायाको सिन्दुर छरियो ।। माथि उल्लेखित लोकदोहोरी गितमा भने जस्तै लाखौँ युवाहरु अहिँले रोजगारीको शलिशिलामा यतिबेला घर धान्ने जिम्मा श्रीमतीलाई सुम्पेर प्रदेशमा वस्न विवस्त छन् । बिदेश जाने धेरै कमाउने र सुख सयलको जीवन जीउने जस्ता दिवा सपना बोकी वैदेशिक यात्रामा प्रबेश गर्ने युवाहरुको जमात पछिल्लो समय निकै ठुलो छ । इतिहासलाई हेर्दा विकसित मुलुकहरुबाट वैदेशिक रोजगारको सुरुवात भएको पाईन्छ । नेपाली कामदारहरु वैदेशिक रोजगारमा संलग्न चीन बाट भएको पाईन्छ । त्यस पछि बिश्वयुद्धका समयमा नेपालीहरु गोर्खा सैनिकमा भर्ती भई रोजगारी गरेपछि बिधिवत रुपमा नेपालमा वैदेशिक रोजगार सुरुवात भएको पाईन्छ । नेपालमै जिविकोपार्जन गर्न सकिने सम्भावना हुदाँ हुदै पनि लाखौँ युवाहरु जस्तो सुकै चुनौती मोल्न तयार भई प्रदेशीएका हुन्छन् । यति मात्र होईन नेपालमै अधिकृत स्तरको जागिर खाएका युवाहरु पनि पैसा धेरै कमाउने समपनामा अवैधानिक बाटो प्रयोग गरि ठुला राष्ट्र जाने प्रवत्ति पनि बढेको छ । अहिँले विश्वका विभिन्न देशहरुमा ५० लाख भन्दा बढी युवाहरु वैदेशिक रोजगारीमा छन् । रोजगारको शिलशिलामा रहदै गर्दा विश्वभर महामारीका रुपमा कोरोना भाईरसको संक्रमण फैलियो । कारोनाको प्रकोप फैलिदै गएपछि अधिकासं देशमा लकडाउन गरिएको छ । पछिल्लो सयम युवाहरुको आकर्षण बढ्दै गएको अमेरिका कोरोना भाईरसको चरम चपेटामा परेको छ । प्रायः नेपाली युवाहरु भएको ठाउँ ओमन,कतार,दुवई,साउदी,भारत,मलेसिया लगाएतका देशहरु कोरोना महामारीको चपेटामा परेका छन् । त्यहाँका कलकारखाना उद्योग धन्दा सबै ठप्प छन् । सबै ठप्प भएपछि धन कमाउने ठुलो सपना देखेर प्रदेशीएका युवाहरु चरम समस्यामा परेका छन् । उनीहरु अहिँले होमक्वारेन्टाईनमा बस्नुको विकल्प छैन । दैनिक काम गरि मासिक तलब बुझ्ने गरेका युवाहरु तलब बुझ्न पाएका छैनन् हुनत काम नगरि तलब पनि कसरी पाउन । दिनभर कलकारखानामा समय बिताउने गरेका उनीहरु अहिँले भने नेपाल समझ्ने र बस्ने गरेर दिनचर्या बिताउनु परेको छ । नेपाल आउँ भने आउन पाईदैन त्यहीँ बसौँ बिहान बेलुकी छाक टार्न धौँ धौँ भईसक्यो । यत्रि मात्र होईन कोरोना प्रकोपले नेपाल फर्किनै नपाईने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ । दिनरात प्रदेशी श्रीमान सँग फोनमा कुरा गर्ने गरेकी श्रीमती श्रीमान आउने दिन गन्न थालेकीछन् । माथी लोकदोहोरी गितमा भने जस्तै साच्चिकै श्रीमतीले कस्तो दिनमा प्रदेशी मायाको सिन्दुर भरिएछ भनी पछुताएको पक्कै पनि पाईन्छ । नेपालमै केहीँ गर्ने योजना बनाएकी श्रीमतीको आग्रहलाई अवज्ञा गर्दै प्रदेशीएको श्रीमानलाई भने अहिँले श्रीमती समझाउनै ठिक्क छ । यत्ति मात्र होईन व्यक्तिगत लेनदेन, दाजुभाईको अंश बण्डा, विभिन्न मुलुकमा जाने भनि ठगिएका, अवैधानिक ढुकटी खेलमा फसेका र श्रीमान् श्रीमतीबीचको झैझगडा समेत वैदेशिक रोजगारीले सिर्जना गरेको छ भन्दा अनुचीत नहोला । हरियो पासपोर्ट रोजेर घर समाहल्ने जिम्मा श्रीमतीलाई दिई मुग्लान तरेका धेरै युवाहरु अब भने हरियो पासपोर्ट होईन हरियो बारी रोज्ने भन्ने मनस्थितीमा पुगिसकेका छन् । उनीहरु स्वदेश फर्केर केहीँ गर्ने सोच बनाएका छन् । अधिकांस युवाहरु वैदेशिक रोजगारीमा संलग्न भएको कारणले ग्रामिण भेगका उर्वर जमिनहरु बाँझोमा परिणत भएको छ । स्वदेशी उत्पादनहरु नभएको कारण नेपालीहरुको दैनिक जीवन यापनका लागि आवश्यक पर्ने खाद्यान्न र तरकारी समेत अर्को मुलुकबाट आयात गरि महंगो मुल्यमा खपत गर्नु परिरहेको वर्तमान अवस्थामा सरकारले युवाहरुलाई उत्पादन सँग जोड्ने योजना तत्काल बनाईसक्नुपर्छ । प्रदेशीएका लाखौँ यूवाहरु बाट रेमिट्यान्स भित्र्याउने भन्दा उत्पादन वृद्धि गर्दै आत्मनिर्भर भई समुन्नतको दिशा तर्फ लम्कने योजना कोर्न आवश्यक छ । संकटलाई चुनौतीको रुपमा होईन अवसरको रुपमा लिनुपर्छ भने जस्तै बिदेशीएका ति युवाहरुलाई स्वदेश फिर्ता गराई स्वेशमै रोजगारी सिर्जना गर्ने अनी उत्पादन बृद्धि गर्ने अवसर पनि प्राप्त हुने बेला आएको छ । जनशक्तिको अभाव अधुरै रहेका योजनाहरुलाई पूर्णता दिने बेला आएको छ । बैदेशिक रोजगार त्यागी जे जस्तो भएपनि स्वदेशमै केहीँ गर्ने योजना बनाएका युवाहरुलाई नेपालमा उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने वातावरण मिलाउन ढिला गर्नुहुदैन् । उपभोग्य बस्तु र अचल सम्पतीहरु घर जग्गामा लगानी गर्ने र भौतिक सुख सुविधामा खर्च गर्ने बानी रहेका नेपालीहरु लगानी गर्न हिच्चकिचाउछन्, त्यसैले उनीहरुको लगानीको पनि ग्यारेण्टी हुनुपर्छ । अहिलेको सरकारसंग नेपाली जनताहरुको ठुलो अपेक्षा र भरोसा छ । अहिलेको सरकार भनेको करिब दुईतिहाई बहुमत प्राप्त गरि ३० वर्षे राजनितिक ईतिहासमा विल्कुल फरक प्रकृतीको र जनताद्धारा अनुमोदित सरकार हो । त्यस कारण सरकारले दिर्घकालिन योजना बनाउनु पर्छ । अब शिक्षा,स्वास्थ्य,कृषि,उद्योग,पर्यटन,वन,प्रबिधि,उर्जा,पूर्वाधारको क्षेत्रमा अबका नयाँ चुनौतीसँग सामना गर्ने कार्यक्रमहरु अगाडि बढाउन आवश्यक छ । कृषि र वनमा आधारित उद्योगबाट रोजगारी सिर्जना गर्ने र नदीनाला, ताल, पोखरी, कुण्डबाट रोजगारी सिर्जना गरेर उत्पादन वृद्धि गर्ने अवसर पनि सरकारलाई मिलेको छ । नेपालमै विकास र समृद्धिमा यूवाहरुलाई सरिक बनाउने अभियान तत्काल ल्याउन आवश्यक छ । यसका लागि सबैले आ आफ्नो ठाउँबाट सोच्नुपर्ने बेला आएको छ भने आम नागरिकहरुले पनि आफ्नै ठाउँमा उत्पादन र रोजगारी सिर्जना गर्ने सोचको पनि विकास गर्न आवश्यक छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ