सोमबार, भदौ १५ गते २०८३

यू–१९ एसिया कपका लागि नेपाली टिम घोषणा

यू–१९ एसिया कपका लागि नेपाली टिम घोषणा

अखबार दैनिक
आइतबार, मंसिर ९ २०८१
  • यू–१९ एसिया कपका लागि नेपाली टिम घोषणा

    काठमाडौं । यू–१९ एसिया कप खेल्ने नेपाली टिम सार्बजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ एशिया कप खेल्न हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टिम सार्बजनिक गरेको हो । 

    टिममा हेमन्त धामी (कप्तान), अर्जुन कुमाल (उपकप्तान), आकास त्रिपाठी, उत्तम रंगु थापा मगर, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिन कुमार महतो, अपराजित पौडल, अविशेख तिवारी र रन्जीत कुमार रहेका छन् ।  

    त्यस्तै नेपाली टिमको मुख्य प्रशिक्षकमा शक्ति गौचन रहेका छन् भने सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द रहेका छन् । मंसिर १४ देखि २३ गतेसम्म ( नोभेम्बर २९ देखि डिसेम्बर ८ ) हुने यू–१९ एशिया कपमा नेपालसहित आठ देशले भाग लिदै छन् ।

    एसीसीको आयोजनामा हुने खेलमा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए भने नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । 

    प्रतियोगितामा सहभागी ८ देशलाई २ समूहमा विभाजन गरिएको छ । नेपाल समूह बी मा रहेको छ । नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् भने समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् ।  

    नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २९ तारिखमा श्रीलंकासँग, दोश्रो खेल डिसेम्बर १ तारिखमा बंगलादेशसँग र तेश्रो खेल डिसेम्बर ३ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ