सोमबार, भदौ १५ गते २०८३

एनपिएल खेल्न पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी काठमाडौं आइपुगे

एनपिएल खेल्न पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी काठमाडौं आइपुगे

अखबार दैनिक
बुधबार, मंसिर १२ २०८१
  • एनपिएल खेल्न पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी काठमाडौं आइपुगे

    काठमाडौं । टिम पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग एनपिएल खेल्न चार विदेशी खेलाडी काठमाडौं आइपुगेका छन्। नेदरल्याण्ड्सका बास डे लिड, स्कटल्याण्डका माइकल लिस्क, वेस्ट इन्डिजका रेमन रेइफर र इंग्ल्याण्डका म्याट क्रिट्ले नेपाल आइपुगेका हुन्।

    उनीहरूलाई पोखरा एभेन्जर्सका अफिसियल कर्णवीर थापाले स्वागत गरेका हुन्। पाँच विदेशी खेलाडीमध्ये आन्द्रेस गौस भने टी-१० लिगमा रहेका कारण केही दिनपछि आउने छन्।

    पोखराको मार्की खेलाडीमा राष्ट्रिय टोलीका खेलाडी कुशल भुर्तेल छन्। टोलीले पोखरामा गरेको ट्यालेन्ट हन्टमार्फत अलराउन्डर सुदीप अर्याललाई लोकल आइकनिक प्लेयरको रूपमा समावेश गरेको छ। त्यसबाहेक टोलीले अन्य चार जना सन्दीप खत्री, कृष्ण पौडेल, सन्दीप पराजुली र सोहेल कुँवरलाई गण्डकी हिरोजका रूपमा टोलीमा समेटेको छ।

    टिमका मुख्य प्रशिक्षकमा राजिव कुमार छन्। राजीव कुमार विश्वकै सबैभन्दा महंगो क्रिकेट लिग इन्डियन प्रिमियर लिगको फ्रेन्चाइजी टोली चेन्नई सुपर किंग्सका ब्याटिङ कोचसमेत हुन्। त्यसैगरी मेन्टरमा फिल्डिङका बादशाह जोन्टी रोड्स रहेका छन्। पोखराले आफ्नो पहिलो खेलमा मंसिर १८ मा चितवन राइनोजसँग खेल्ने छ। 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ