सोमबार, भदौ १५ गते २०८३

सुदूरपश्चिमले जनकपुरलाई दियो १२४ रनको लक्ष्य

सुदूरपश्चिमले जनकपुरलाई दियो १२४ रनको लक्ष्य

अखबार दैनिक
बुधबार, मंसिर २६ २०८१
  • सुदूरपश्चिमले जनकपुरलाई दियो १२४ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२४ रनको लक्ष्य दिएको छ । बुधबारको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटमा १२३ रन बनाएको हो।

    सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले ३७ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ३३ रनको योगदान गरे। उनले ओपनिङ पार्टनर सेफ जैफसँग मिलेर अर्धशतकीय साझेदारी गरे। जैफले २१ बलमा दुई छक्कासहित २१ रन जोडे।

    त्यस्तै इसान पाण्डेले १७, ब्राण्डोन म्याकमुलनले ११ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। जनकपुरका लागि किशोर महत्तोले सर्वाधिक चार विकेट लिए। त्यस्तै शेर मल्ल र अरनिको मल्लले समान दुई विकेट हात पारे।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ