सोमबार, वैशाख ३० गते २०८२

घरजग्गा कारोबार धरासायी हुन नदिने अर्थमन्त्रीको भनाइ

घरजग्गा कारोबार धरासायी हुन नदिने अर्थमन्त्रीको भनाइ

अखबार दैनिक
शुक्रबार, मंसिर २८ २०८१
  • घरजग्गा कारोबार धरासायी हुन नदिने अर्थमन्त्रीको भनाइ

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई धरासायी हुन नदिने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो साधारणसभा उद्घाटन गर्दै पौडेलले मुलुकको अर्थतन्त्रमा जग्गा तथा आवाससम्बन्धी व्यवसायको ठुलो योगदान रहेको भन्दै यस क्षेत्रलाई सरकारले धरासायी हुन नदिने बताएका हुन् ।

    images

    सरकारले यस क्षेत्रमा देखिएका समस्या सुनेर समाधानको प्रयास गर्ने उनको भनाई छ । उनले घरजग्गा कारोबारमा देखिएको शिथिलताको प्रभाव अरू क्षेत्रमा देखिएको भन्दै यसलाई गति दिनका लागि सरकारले आवश्यक वातावरण बनाउने उल्लेख गरे ।

    जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई उद्योगसरह मान्यता दिनका लागि आफू सकारात्मक रहेको भन्दै उनले यस विषयमा छलफलमा आउन व्यवसायीहरूलाई आग्रह गरे ।

    उनले अनुमति प्राप्त कम्पनीबाट मात्रै घर जग्गा कारोबार हुने ऐन कार्यान्वयनका लागि नियमावली बनाउन सरकारको ध्यान जाने बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ